राष्ट्रपति यादव उपचारका लागि जापान प्रस्थान
काठमाडौं–राष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारको लागि जापान प्रस्थान गरेका छन्। थाइ एयरको विमानबाट १:५५ बजे उनी जापानको लागि प्रस्थान गरेका हुन्। राष्ट्रपति यादवको जापानमा एक सरकारी अस्पतालमा उपचार हुने स्रोतले जनाएको छ। राष्ट्रपतिको उपचार टोली १० सदस्यीय रहेको छ।
टोलीमा राष्ट्रपति पुत्र चन्द्रमोहन यादव, छोरी अनिता, निजी चिकित्सक डा. यादव भट्ट, कानुनी सल्लाहकार सूर्य ढुंगेल, शिष्टाचार महापाल निरञ्जनमान सिंह बस्नेत, तीन सुरक्षाकर्मी र १ सहयोगी रहेका छन्।
राष्ट्रपति यादवको उपचारको लागि जापानमा अस्पताल खोज्ने तथा व्यवस्थापन मिलाउने जिम्मेवारी जापनस्थिति नेपाली दुतावासले गरेको छ।
राष्ट्रपति यादवको नेपालमा गरिएको स्वास्थ्य परिक्षणको क्रममा आन्द्रामा दाग देखिएपछि उनको थप उपचारको लागि विदेश लैजान चिकित्सकले सल्लाह दिएका थिए। उनको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरिसकेको छ।
0 comments
Write Down Your Responses