स्ववियु चुनाव गर्न माग गर्दै विद्यार्थी आन्दोलनमा

२० जेठ, काठमाण्डौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति तत्काल घोषणा गर्दे विभिन्न आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत नेवि संघले राजधानी लगायत देशैभरीका क्याम्पसमा चक्का जाम गर्ने भएको छ । चक्काजाम विहान ९ बजेदेखि एक घन्टासम्म जारी रहने नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । तत्काल निर्वाचनको मिति तोक्नुपर्ने, फर्जी विद्यार्थीको भर्ना खारेज गर्नुपर्ने लगायतका माग राख्दै चक्काजाम जारी राखेको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
वाईसिएलले सरकारलाई ज्ञापनपत्र बुझाउने
यसैगरी एकीकृत नेकपा माओवादीको भ्रातृसंगठन योङ कम्युनिष्ट लीग वाईसीएलले पनि स्ववियु निर्वाचनको मिति तोक्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । वाइसिएलले दिउँसो दुईबजेपछि अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको वाइसीएलले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.