हात्तीपीडितमाथि प्रहरी दमन, १० जना घाइते
झापा- हात्तीपीडित झापा बाहुनडाँगीबासी माथि प्रहरीले शनिबार दिउँसो पनि निर्मम दमन गरेको छ। शुक्रबार राति १९ जनाभन्दा बढी घाइते पार्ने गरी गाउँलेलाई कुटेको प्रहरीले शनिबार बिहान त्यही घटनाको विरोधमा उत्रिएका सर्वसाधारणमाथि पनि लाठी चार्ज गरेको छ। त्यसक्रममा १० जनाभन्दा बढी घाइते छन्। अघिल्लो राति भएको घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेको हो। बिहान ११ बजेदेखि १२ बजे एक घण्टाको बीचमा सशस्त्रले १६ सेल अश्रुग्यास प्रहार गरेको छ। स्थानीयबासी एकराज घिमिरे, अदिप खड्का, भीमबहादुर खड्का, बमबहादुर तामाङ लगायतलाई पक्राउ गरेको प्रहरीले लाठी हान्दा बुद्ध राई लगायत दुई जना गम्भीर घाइते भएका छन्। बाहुनडाँगी बजारमा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच ढुंगाहानाहान पनि भएको थियो। अहिले दल तथा हात्तीपीडितहरु छलफलमा छन्। त्यसपछि संघर्षका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले बताएका छन्। दशकौंदेखि जारी हात्ती आतंक बाट पीडित नागरिकले आन्दोलन गर्दा प्रहरीलेदमन गरेको हो।
|
0 comments
Write Down Your Responses