हत्याको पोल खुले पछि दश लाख फिर्ता
काठमाडौं, १३ असार । पूर्वसभासद् सदरुल मियाँ हकका परिवारलाई क्षतिपूर्ति स्वरुप दिने भनिएको दश लाख रुपियाँ सरकारले नदिने निर्णय गरेको छ ।
सिंहदबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले दश लाख रुपियाँ दिने आफ्नो पुरानो निर्णय उल्टाएको हो । पूर्व सभासद् मियाँलाई पत्नी र छोरीकै योजनामा हत्या गरेको अनुसन्धानबाट खुले पछि रकम फिर्ता भएको छ ।
पूर्वसभासद् मियाँको हत्या पछि आफन्त र स्थानीयले सप्तरीमा क्षतिपूर्तिको मागसहित आन्दोलन चर्का पछि सरकारले परिवारलाई दश लाख दिने निर्णय गरेको थियो । सरकारले सो निर्णय दवावमा गरेको थियो ।
यसैबीच, सरकारले विदेशी नियोगहरुबाट मन्त्रीले पाउने उपहार सरकारलाई बुझाउनु पर्ने निर्णय गरेको छ । मन्त्रीहरुले अब उपहार घर लैजान पाउने छैनन् । उपहार व्यवस्थित गरेर राख्न सरकारले परराष्ट्रमन्त्रलयलाई कार्यविधि बनाउन निर्देशन दिएको छ ।
मन्त्रिपरिषद् अध्यक्ष र मन्त्रीले प्रधानमन्त्री राहत कोषमा सात दिनको तलव दिने निर्ण गरेको एकमन्त्रीले जानकारी दिए ।
सरकारले एडीबीको सात अर्व ऋण र विश्व बैंकको नौं अर्ब ऋण अनुदान स्वीकार गर्ने निर्ण पनि गरेको छ ।
|
0 comments
Write Down Your Responses