विश्वका एकतिहाइ महिला यौन हिंसाका सिकार

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एक तथ्यांकले विश्वका सयमा ३५ जना महिलाले आफ्नो जिवनकालमा कुनै न कुनै रुपमा शारीरिक तथा यौनिक हिंसा भोग्नुपरेको देखाएको छ । लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन तथा दक्षिण अफि्रकी मेडिकल रिसर्च काउन्सिलसँगको सहकार्यमा संगठनले गरेको अध्ययन अनुसार विश्वका ३५ प्रतिशत महिला आफ्नो जिवनकालमा जिवनसँगी अरु अरु कुनै पुरुषबाट हिंसाका सिकार हुने गर्छन् । रिपोर्टका अनुसार आफ्नै पार्टनरबाट हिंसाका सिकार हुने महिला ३५ प्रतिशत छन् ।
images
रिपोर्ट सार्वजनिक गर्दै डब्लुएचओले हिंसाका कारण महिलामा विभिन्न खाले मानसिक तथा शारीरिक जोखिम समेत बढ्दै गएको उल्लेख गरेको छ । हिंसापीडित महिलाहरुमा हातखुट्टा भाँचिने देखि लिएर गर्भ सम्बन्धि समस्या तथा मानसिक समस्या र सामाजिक जिवन खल्बलिने जस्ता समस्याहरु देखिने गरेका छन् ।
संगठनका अनुसार महिलाहरुको सरीरमा चोटपटक लाग्नु तथा ज्यान सम्म जाने अवस्था समेत हिंसाका कारण उत्पन्न भएको गम्भीर असर हो । हिंसाका कारण महिलामा डिप्रेसनको समस्या दोब्बर भएर गएको संगठनको भनाइ छ ।
हिंसा सहन बाध्य महिलाहरु जाँडरक्सीको कुलतमा फस्ने देखि लिएर यौन संक्रमित रोगहरुको जोखिममा पर्ने, अनिच्छित गर्भधारण तथा गर्भपतनको समस्यासम्म पुग्ने गरेको पाइएको छ ।
अध्ययनले अर्को महत्वपूर्ण तथ्य के पनि पत्ता लगाएको छ भने आफ्नो श्रीमानबाट हिंसा सहन बाध्य महिलाले कम तौलको बच्चा जन्माउने सम्भावना १६ प्रतिशत बढि हुन्छ ।
विश्व स्वास्थ्य संगठनले हिंसाको जोखममा पर्ने महिलाहरुको संख्या बढ्दै गएको भन्दै महिला हिंसाप्रतिको शुन्य सहनशीलताको विकाश तथा महिलालाई सहायता गर्नका लागि चौतर्फी सहयोगको खाँचो रहेको पनि औँल्याएको छ । अध्ययनकर्ताका अनुसार विश्वका महिलाको स्वास्थ्य समस्याको कारकको रुपमा रहेको महिला हिंसाको जरो पत्ता लगाएर त्यसलाई निर्मूल पार्न विश्वव्यापी रुपमा लगानीको खाँचो छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.