जबरजस्ती विवाह गर्न खोजेपछि आत्महत्या

वीरगन्ज (पर्सा)- पर्साको महादेवपट्टी गाविस वडा नम्बर–३ निवासी अयोध्या शुक्लाकी १९ वर्षीया छोरी रिमाले आत्महत्या गरेकी छिन् । गएराति झुण्डिएर उनले आत्महत्या गरेको परिवारका सदस्यहरूले बताएका छन् । उनको केही दिनमै विवाह हुने कार्यक्रम रहेको थियो । उनले आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ । यद्यपि परिवारका सदस्यहरूले भने जबरजस्ती विवाह गर्न खोजेका कारण उनले आत्महत्या गरेको बताएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरिया, पर्साले जानकारी दिएको छ । यसैबीच पर्सा मुड्लीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मुड्लीकी एक युवतीलाई बलात्कार गरी फरार रहेका सोही ठाउँका विदेशी महतोलाई इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.