प्याब्सनद्वारा १२ बुँदे काठमाडौँ घोषणापत्र जारी
काठमाडौं-निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको नवौँ साधारणसभाले संस्थागत विद्यालय निर्देशिकामा संशोधन हुनुपर्नेलगायत विभिन्न १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ। प्याब्सनका महासचिव डिके ढुङ्गानाले निर्देशिकाले निजी विद्यालयलाई स्वायत्त हुनबाट रोक्न खोजेकाले यसको संशोधनको माग गरिएको बताए। निर्देशिकामा एउटा कक्षा कोठामा २२ जना मात्र सहभागी हुनुपर्ने, आफ्नै जग्गामा भवन हुनुपर्ने विषय उल्लेख भएकामा पनि आफूहरूको असहमति रहेको सभाले पारित गरेको जानकारी दिए। सरकारले गत फागुनमा सो निर्देशिका जारी गरेको थियो। उनले एक प्रतिशत शिक्षा करको प्रावधान हटाउनुपर्ने, कम्पनी ऐनमा दर्ता हुन चाहने विद्यालयका लागि एक पटकका लागि जरिवाना छुट हुनुपर्ने, शिक्षामा विदेशी शिक्षण संस्थालाई सहजता दिन नहुने लगायतका बुँदा पारित गरिएको पनि जानकारी दिए। साधारणसभा यही जेठ १७ देखि १९ गतेसम्म भएको थियो।
|
0 comments
Write Down Your Responses