कन्फेरेडेसन कप फुटबल स्थगित नहुने !
काठमाडौं । ब्राजिलमा जारी
सरकारविरुद्ध प्रदर्शन नरोकिएपनि कन्फेरेडेसन कप फुटबल स्थगित नहुने भएको छ
। ब्राजिलका स्थानीय सञ्चार माध्यमहरुमा खेल स्थगित हुन सक्ने बताइएपनि
फिफाले कन्फेरेडेसन कप स्थगित गर्न अस्वीकार गरेको छ ।
फिफाका प्रवक्ताले प्रतियोगिता स्थगनबारे
फिफा र स्थानीय आयोजकहरुमा कुनै छलफल नै नभएको बीबीसीलाई बताएका छन् । साथै
आगामी दिनमा छलफल गर्ने कुनै योजना समेत नरहेको उनले बताएउका छन् ।
कन्फेरेडेसन कप र विश्वकपका लागि अबौं रकम
खर्च गरिएको भन्दै ब्राजिलमा हजारौं मानिस सडकमा आएका छन् । कन्फेरेडेसन
कपमा अझै ८ खेल खेल्न बाँकी छ । फाइनल जुन ३० मा हुनेछ । ब्राजिल र इटली
सेमिफाइनलमा पुगिसकेका छन् भने स्पेन अन्तिम चारमा पुग्ने पक्का जस्तै छ ।
|
0 comments
Write Down Your Responses