सर्प लखेट्दा नाग भेटियो !
जिल्ला
पशुसेवा कार्यालय रुकुममा सर्प लखेट्ने क्रममा नौलो आकृति फेला परेपछि
स्थानीयबासिन्दाले देवताको अवतार भएको भन्दै पुजापाठ गर्न थालेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
सप लखेट्दा भेटिएको नागको आकृति राखिएको ठाउँमा मानिसहरुको भिडभाड बढेको छ ।
कार्यालयको आँगनमा देखा परेको सर्पलाई
कर्मचारीहरु भवानीसुन्दर रोकाय र सन्तोष गौतमले लखेटेको र त्यो सर्प पसेको
दुलो भित्र गाइको र सर्पको आकृति फेला परेको कार्यालय प्रमुख रसिकलाल
यादवले जानकारी दिनुभयो ।
कार्यालयको गेट नजिकै फेला परेको ढुङगाको अकृति नाग देवताको जस्तै भएको भन्दै अहिले कार्यालयको आगनमै राखिएको छ ।
बिहीवार बेलुकी साँझ फेला परेको नाग देवताको दर्शन गर्न शुक्रबार विहानबाट स्थानियबासीहरुको घुइँचो लागेको छ ।
नाग देवताको आकृति फेला परेको थाहा पाएपछि
जिल्लाका केही कार्यालयका प्रमुखहरुसमेत दर्शन गर्न सल्लेमा रहेको पशुसेवा
कार्यालयमा पुगेका थिए । दुलो
भित्र गाईको टाउको जस्तो आकृतिलाई सर्पले छोपेर राखेको जस्तो अवस्था
देखेपछि स्थानीयबासिन्दाहरुले कुनै न कुनै दैविक शक्ति रहेको दावी गदै
मन्दिर स्थापना गर्न लागि परेका छन् । ‘यो क्षेत्रमा कुनै न कुनै शक्ति
लुकेको छ अब हामी यसको संरक्षणमा लाग्छौ’, स्थानियबासिन्दा टेक बहादुर
बोहराले भन्नुभयो ।
स्थानीय समाजसेवी मनोज खड्काले मन्दिर
निर्माणको लागि आफूले सहयोग गर्ने बताउनुभयो । पशु सेवा कार्यालय नजिक बेला
बेला यस्ता आकृतिहरु फेला पदै आएको स्थानियबासिन्दाहरुले बताउँदै आएका छन ।
|
0 comments
Write Down Your Responses