पत्नीको मासु खाने षड्यन्त्र गरेकोमा अमेरिकी अफिसर दोषी ठहर

न्यूयोर्क पुलिसले एक अफिसरलाई आफ्नो पत्नी र अन्य महिलाको हत्या गरेर उनको मासु पकाएर खाने षड्यन्त्र रचेकोमा दोषी ठहर गरेको छ । अमेरिकी मिडियाले गिल्बर्तो बैलेलाई ‘नरभक्षी पुलिस’को संज्ञा दिएका छन् । २५ वषर्ीय वैलेलाई जूनमा सजाय सुनाइनेछ । उनलाई जन्मकैद हुन सक्ने बताइएको छ । अभियोजन पक्षले भने हत्या गरेर मासु पकाउन र खान उनले केही महिलालाई सम्पर्क समेत गरिसकेको आरोप लगाएको छ ।



उनले महिलाहरुको निजी जानकारी लिन कानुनी एजेन्सीको डाटाबेस प्रयोग गरेको आरोप पनि प्रमाणित भएको छ । उनको कम्प्युटरमा मानव मासु जस्ता शब्द सर्च गरिएको भेटिएको छ । उनकी पूर्व पत्नी क्याथलिनले पनि वैलेसविरुद्ध बयान दिएका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.