कथा – मेरी बहिनी चरित्रहीन होइनन् !!!
धेरै बर्षको अन्तरालमा अफ्नो मातृभूमीमा पाइला टेकेको थिएँ मैले। शिशिर ऋतु थियो त्यस बेला। अहिले सम्म पनि त्यति बिघ्न एक एक झिना मसिना सबै कुराहरु याद गर्ने कोशिस गरिराखेको छैन। नयाँ कल्पना, नयाँ आशा, नयाँ उमङ्ग, नयाँ सोंच, साच्चै भन्दा सबै नै नयाँ र नौला थिए मेरोलागि यस बखत। प्रतक्ष्य र भावनात्मक रुपले पनि सबै वाताबरणलाई राम्ररी ग्रहण गरिसकेको थिइन मैले। कतै लहै लहै मा, कतै बास्तबिकतामा, कतै सम्बेग्मा, कतै आबेगमा बग्दै बग्दै चल्दै थियो मेरो नयाँ जिन्दगी। धेरै बर्ष पहिले छाडेर गएकोले हुनु पर्छ सिंगै शहर नौलो जस्तै भएको थियो। जान्नु र बुझ्नु पर्ने कुराहरु, संगत र भेट गर्ने व्यक्तिहरु, एक्लै र कसैसंग व्यतित गर्नु पर्ने दिन र रातहरु नौला अनि कौतुहलता भित्र भित्रै थिए। एन केन प्रकारेण, सक्दो प्रयासले नयाँ परिस्थिति अनि बातावरणसंग आफैलाई सम्माहित गर्दै थिए म पुनः एक पटक त्यो नौलो भएको शहरमा । बिस्तारै बिस्तारै लामो अन्तरालले नौलो जस्तो भएको शहरमा नयाँ नयाँ साथीहरु, नजिक अथवा अलि टाढाका नाता साइनो पर्ने विभिन्न व्यक्तित्वहरु समिप्यमा आउन थाले। सहरमा बस्ने, त्यसै माथि पनि पढेलेखेको, देश विदेश चाहारेको, वर्ग सिद्धान्त बुझेको आदि आदि उप नाम पाइसकेकोले आफ्ना सामाजिक जिम्मेवारीहरु पनि थपिंदै गएको भान नचाहेर पनि भै राखेको थियो ममा। एकातिर आफू आफै स्थापित हुन संघर्ष गरिरहेको थिएँ, अर्को तर्फ अफ्नाहरु मध्ये कसैलाई जागिर लगाउन, कसैलाई कुनै न कुनै प्रकारका ब्यबसाय गर्न सघाउन, बिबाह दान गराउन, आफै क्षिक्षा दिन, राम्रो क्षिक्षा दिलाउन पर्ने भार पनि क्रमस म माथि नै पर्दै गैरहेका थिए। बाल्यकाल देखि नै केहि न केहि सृजनसील कुरा अथवा क्रियाकलापमा आफूलाई समाहित गर्नु पर्ने म एकदिन बानेश्वरको नाट्यशला तर्फ सडक छाप नाटकको अभ्यासकोलागि बेगमा हुंइंकिदै थिए। सिंह दरबारको उत्तर गेट नजिकै पुग्दा कम्मरमा भिरेको मेरो मोबाइलमा लगातार घन्टी बजेको बजै गरयो। साधारणतया बाइक चलाई राखेको अबस्थामा लामो दुरी बाहेकको छोटा छोटा दुरीमा बाइक रोकी रोकी उत्तर नफर्काउने म चार पाँच पटकसम्मको लगातारको घन्टीले गर्दा कतै चिने जानेको ठाउँमै अथवा आफ्नै मै केहि अनिष्ठ त भएन भन्ने डर र कौतुहलता सैगै माइतीघरको “हाम्रो क्याफे” मा बाइक रोकेर मोबाइल हेरें। सेभ नभएको नम्बरबाट आएको रहिछ त्यो फोन, चिन्नै सकिन कस्को फोन भनेर। त्यत्रो पटक फोन गर्ने मान्छेले गल्तीले त पक्कै गरेको थिएन त्यो फोन। त्यसैले आफैले कल ब्याक गर्ने निधो गरी कल ब्याक गरें। अर्को पट्टिबाट उत्तर आयो, उदय, म रमा सानिमा हो। सानिमालाई नमस्कार फर्काएपछि किन फोन गर्नु भएको सानिमा भनेर सोधें। सानिमाले भन्नु भयो, तिम्रो बहिनी सृष्टिले प्रबेसिका ल्याकत परिक्षा जसो तसो पास गरी, तर यहाँ गाउँमा पढ्ने पढाउने राम्रो वातावरण छैन, अब के गर्ने तिमीसंग सल्लाह गर्न फोन गरेकी हुँ। मिल्ने भए बहिनीलाई पनि त्यतै एक दुई महिना पढ्ने व्यवस्था मिलाऊ बाबु, तिम्रो साथमा भए पछि पढाई पनि राम्रो नै हुन्छ अनि बहिनी टाठी बाठी पनि होली भनी सानिमाले भन्नु भयो। पढाई जस्तो कुरो, आफूले पढ्दा कुनै किसिमको कसैको सहारा नपाएर पाउनु दुख पाएको कुरा सम्झें। बसाई जस्तो सुकै भए पनि, गाह्रो साह्रो जस्तो सुकै परे पनि पढ्ने कुरा हो, बहिनीको जीवन र भबिष्यसंग जोडिएको कुरा हो यो भन्ने मनन गरेर हुन्छतनी सानिमा छिटो भन्दा छिटो बहिनीलाई लिएर काठमांडू आउनुहोस, म बहिनीकोलागि सक्ने जति सबै गर्छु भनी फोन बन्द गरी पुन नाट्यशाला तर्फ हुँइकिएँ। भोलि पल्ट पनि सानिमासंग फोनमा विभिन्न कुराहरु भयो। त्यसको पाँच दिन पछि बहिनीलाई लिएर सानिमा काठमाण्डौ आइपुग्नु भयो। घर नजिकैबाट तियमित रुपले काठमान्डौसम्म बस चल्ने भएकोले कलंकीसम्म आउन त सानिमा र बहिनीलाई कुनै समस्या थिएन, तर त्यहाँबाट सामाखुसीसम्म आफै आउन सक्नुहुन्नथ्यो किनकि हामीहरु यो ठाउँमा सरे पछि उहाँहरु कहिलै आउनुभएको थिएन। सरेको त्यति धेर्रै समय नभएकोले मेरैलागि पनि नौलो थियो यो ठाउं। त्यसैले म सानिमा र बहिनीलाई लिन मिनीबसमा कलंकी पुगें। म त्यहाँ पुग्दा गोधुली साँझ परिसकेको थियो। फोन लगाएँ सानिमालाई र सोधें तपाइहरु कता हुनुहुन्छ भनी। टोकला चियाको साइनबोर्डको तल बाटोको देब्रेतर्फ छौं भनी भन्नु भयो सानिमाले।
टाढा भिम्सेनामा उहाँहरुलाई देखे पछि म सरासर उहाँहरुको नजिक पुगें अनि मैले सनिमालाई नमस्कार गरें, बहिनीले पनि मलाइ नमस्कार गरिन। सन्चो बिसन्चो र यात्रा बारे छोटकारी कुरा गरेपछी हामि बसेको ठाउँमा जानकोलागि मैले एउटा ट्याक्सी बोलाएँ । शुरुमा त बसमा जाने सोँच बनाएर आएको थिएँ मैले, तर सजिलोसंग खुट्टा सम्म राख्न नमिल्ने गरी कोचाकोच पार्ने काठमान्डौका गल्लि र रिंगरोडमा चल्ने बसमा पोका पुन्तुरा सहितको यात्रा औधि सकसिलो र झन्झटिलो हुने भएकोले ट्याक्सीमा जाने निधो गरेको थिएँ। भन्न त मैले फोनमा केहि पनि ल्याउन पर्दैन सानिमा भनेर राम्रोसंग अर्थ्याएको थिए। तै पनि आफ्नै टांडी खेतमा फलेको कालानिमकको चावल, आफ्नै घर बारीमा फलाएको रातो आलु, घिउसिमी थुप्रै ल्याउनु भएको थियो सानिमाले । सुतरीले मूख बाँदिएको चामलको ठीकैको बोरा र एउटा अन्य पोका मैले, दुइ वोटा अन्य पोका र पीपी ब्याग सानिमाले र कपि किताब सहितको झोला र पानीको बोत्तल बहिनीले उठाइन । प्रायः सबै समान ट्याक्सीको डिक्कीमा राखिसके पछि म अगाडी सिटमा, अनि सानिमा र बहिनि पछाडी बस्यौं । अफिस छुट्ने समय टलिसकेको भएर होला बाटो त्यति ब्यस्त थिएन । अगाडी बढ्दै जाँदा करीब पाँच मिनेटको अन्तराल मै दुईवोटा एसएमएसका घन्टी आए । पक्कै पनि मेरै हो भनी मोबाइल हेर्छु त छैन कुनै मेसेज नै । मोबाइल बन्द गरी खोल्तिमा राख्न तन्केको बेलामा ट्याक्सीको अगाडिको सिसामा आँखा परे अनि हेर्छु त पछाडिको सिटमा यता उता ठुला ठुला आँखा घुमाउँदै बहिनीले फोन प्याडमा छिटो छिटो औँला चलाई रहेकी देखेँ। टाठी बाठी बनाउन मेरो जिम्मामा आउँदै गरेकी बहिनी राम्रै टाठी बाठी नै भएको पाएर ठूलो मिहनत बिना नै सनिमालाई खुशी पर्ने सौभाग्य आफूलाई मिले जस्तो लाग्यो। हामी बस्ने ठाउँमा पुगे पछि समान उतारेर ट्याक्सीलाई बिदा गर्यौं। पोका पुन्तुरा थान्को मानको लगाए पछि श्रीमतीले अदुवा, सुकमेल आदि आदि राखेर बनाएर ल्याएको मीठो चिया बुवा, आमा, सानिमा, बहिनी, श्रीमती, म सबै संगै बैठक कोठामा बसी गफिंदै गफिंदै खायौं। केहि समय पछि श्रीमती फेरि भान्सा तिर लागेर बेलुकाको खानाको चाँजो पाँजो गर्न लागिन क्यार! म आफ्नै कोठामा पसी ऐना हेदै नाटकको अभिनयको अभ्यास गर्न लागें । एक दुई ठाउमा फोन गर्नु पर्ने थियो गरें।अनि फेरि बिस्तारै बेलुकाको खान खाने बेला भयो। खाना खाँदै बस्तितिरका कुरा, पैले पैलेका कुरा थुप्रै गरियो। बहिनीले भने खासै केहि कुरा पनि गरिनन् । सानिमाको आडमा बसी हाम्रा कुराहरु मात्र सुनी रहिन। अनुहार फुंङङ उडेको थियो उनको। केटीले भिर्ने सानो ब्यागबाट घरि घरि मोबाइल निकाल्दै हेर्दै गर्थिन। साथीसंग छुट्नु परेर होला, नौलो ठाउं भएर होला या यात्राको थकैले होला उनको मलिन अनुहार भएको भन्ने सोचेर मैले केहि सोधिन, अरुले पनि केहि सोधेनन्। भोलि बिहानै बहिनीलाई लिएर कोचिंग भर्ना गर्न जानु थियो मलाइ। सानिमाले पनि भैसी एकहाते छ भोलि बिहानै जानु पर्छ अब सुत्यौं भन्नु भयो। ठिक्क एघार बजेको थियो त्यस बखत अनि हामी सबै आ-आफ्नै सुत्ने स्थान तर्फ लाग्यौं। भोलि पल्ट सखारै उठी सबैले तित्यकर्म सकेर चिया नास्ता गरिसके पछि श्रीमती सानिमालाई बस चढाउन सानिमासंगै गोंगोपू बसपार्क तर्फ लागिन भने बहिनी र म कोचिंग सेन्टर तर्फ लाग्यौं। नाम चलेको कोचिंग सेन्टर भएकोले त्यहाँ पदने बिद्द्यार्थीहरु प्रसस्तै थिए। भर्ना गर्नकोलागी भर्ना कक्ष भित्र सोफामा बसी पालो कुर्दै थियौं हामीहरु अनि त्यहि बखत एकजना केटा “सृष्टि” तिमी पनि यहाँ आयौ भन्दै बहिनीलाई सोध्न थाल्यो। अरु के के कुरा गरे उनीहरुले मैले उस्तो कोट्याइन। सृष्टिलाई कोहोतनी ऊ भनी सोधी हेरेको प्रबेसिका ल्याकत परीक्षामा संगै परेको साथी भनिन्। भर्नाको काम सके पछि ल राम्रोसंग पढ अब है! भन्दै घर आउने बाटो पुनः अर्थ्याई म घर तर्फ लागें । यसरी बहिनीका उच्च शिक्षा तर्फ मुखारित पाइलाहरु राजमार्गमा ल्याई स्टेरिंग सिधा पारिदिन सकेकोमा अब सानिमाले मलाइ दिएको जिम्मेवारी बिस्तारै पूरा गर्दै छु भन्ने आफैलाई बोध हुँदै जान थाल्यो। एक महिना जस्तो पछि होला सुत्ने बेलामा अचानक श्रीमतीले सोधिन नानीको पढाई कस्तो चल्दैछ? भनेर । राम्रो ठाउँमा भर्ना गरिदिएको, समय मै जाने आउने गरेको देखेको, गाउँघरबाट भर्खर आएको सिधा साधा केटी आदि सबै कारणले ढुक्कसाथ जवाफ दिएँ, सब ठीक छ, राम्रो छ भनेर । श्रीमतीले निदार खुम्च्याउदै आँखा चिम्से बनाउँदै र कन्ठी फुलाउँदै फेरि थपिन हजुर त लाटो भन्ने की बाठो भन्ने! सारै एकोहोरो! एत्रो वरिपरी बुइं बुइं छ हजुरलाई केहि पनि थाहा छैन त आफ्नी बहिनीको कुरा? हुन पनि मलाइ केहि थाहा थिएन। के हो भन त भनी अनुरोध गरे पछि श्रीमतीले सुनाउँन थालिन बहिनीका राशलिलाहरु । शुरुशुरुमा त्यहि भर्ना गर्दा भेटेको केटोसंग बरालिने गरेकी रहिछन । बिस्तारै त्यसलाई छाडी आफैलाई पढाउने सरसंग लागिछन्। आफूलाई छाडेको झोकमा गाउँमा बस्न नमिल्ने भएर यसलाई यहाँ पठाएका हुँन बाउआमाले भन्दै हिंड्न थालेछ त्यो केटा पनि ! हाम्रा छिमेकीका छोराहरु पनि त्यो केटाका जिग्री दोस्त भैसकेका रहेछन । उनीहरुलाई पनि सृष्टिको बारेमा न्वारन देखिका सबै कुरा थाहा भैसकेको रहेछ। यस प्रकार म बाहेक घरका सारालाई, तल माथि दायाँ बायाँ सबै छिमेकीलाई थाहा भैसकेको रहेछ बहिनीले हाम्रो नाक काटेको अनि टोल नै गनाउने पारेको! रात भरि निद्रा परेन त्यो कुराले । एका तर्फ सानिमाका छोराछोरीको भविष्यको पथ प्रदर्सक बनाइएको म, अर्को तर्फ आफू बस्ने नयाँ जस्तै ठाउँमा बहिनीले गर्दा पर्न गएको नकारात्मक छापले गर्दा भित्र भित्रै मर्माहत बन्न पुगें म आफै। झ्वास्स बाहिरै निस्कनै लाज मर्नु जस्तै नै भैसकेको थियो। यो कुराले सदैब तनाब दिईरह्यो मलाइ । एकदिन सृष्टिलाई बोलाएर झपार्नसम्म झापारें । परिवारको, नातेदारको इज्जतमा दाग लगाउने तिमी, खुरुक्क जाऊ फर्केर बस्तीमा आदि आदि भनेर अन्य धेरै नै गालि गरें।बहिनीले केहि प्रतिक्रिया दिईन । भूई तिर हेर्दै सुँक्क सुँक्क रोइन मात्र । जांच पनि नजिक आउँदै थियो । पढ्न केहि आउँदैन रैछ उसलाई । थुप्रै वर्ष विदेश बसेकोले मलाइ उस्को पढाई बारे केहि थाहा थिएन । पछि मात्र थाहा पाएँ मैले उस्को पढाईको स्तर कति कमसल रहेछ भन्ने । उस्को जांच दिने सेन्टर काठमान्डौ मै सारिएको थियो । जांच शुरु भयो । ऊ पछि लागेकै शिक्षक आदिले चिट चोराए रे भन्ने सुन्न आयो पछि । परीक्षा फल प्रकाशित भयो । सृष्टि पनि पास भइछ । अफ्नो बहिनी पर्ने अझ भन्दा आफैले भर्ना गरिदिएको, रेखदेख गरेको व्यक्ति पास हुँदा सबैलाई खुसी लग्नु स्वभाबिक हो । म पनि धेरै खूसी भएँ तर केहि आश्चर्य पनि भएँ । किनकि सृष्टिको बौधिक स्तर र प्रबेसिका परीक्षाको स्तर तुलाना हुन सक्दैनथ्यो । तराईमा हिंसाको लहर फस्टाए पछि सानिमाको परिवार पनि काठमान्डौ मै बसाई सरयो। एउटा सानो घर किनेर बालाजुमा बस्न थाले उनीहरु। सानो बुवाको जागिर पनि यतै स्वरुवा गराइयो। सृष्टिको भाइ अनमोलले पनि गाउँकै एक उच्च माबीबाट दश जोड दुई पास गरिसकेको थियो। हामी समाखूसी अनि सानिमाको परिवार बालाजुको बाहिसधारा नजिकै भएकोले आवत जावात गर्न सजिलै थियो दुवै परिवारलाई। बहिनी सृष्टिले एस. एल.सि. र भाइ अनमोलले दश जोड दुई गरिसकेका थिए। दुबैलाई मन पर्ने र पायक पर्ने कलेजहरुमा भर्ना गरियो। बहिनीको मन पर्ने कुनै कलेज थिएन तर भाइको चाहिं थियो। कलेजको पढाई शुरु भयो। भाइ अनमोलले शंकरदेव क्याम्पसमा तीन बर्षे बि.बि.एस. र बहिनी सृष्टिले सरस्वती क्यम्पसमा प्लुस टु को पढाई शुरु गरे । भाइ बहिनीको पढाई, अनि दुई परिवारको अन्य दिनचर्या सामान्य रुपमा चल्दै गयो। अमेरिकामा धेरै वर्ष देखि बस्दै आउनु भएको दील दादा अथवा मेरो ठूलदाइ र उपमा भाउजुसंग पनि सकाईपबाट भाइ बहिनीको राम्रै सम्पर्क थियो । दील दादा र उपमा भाउजुले सृष्टिलाई औधि मायाँ गर्नु हुन्थ्यो। सायद दाजु भाउजुको कुनै सन्तान नभएको कारणले हो अथवा के कारणले हो भित्री कुरा मलाइ पनि थाहा थिएन उति । यत्तिकैमा सृष्टिलाई अमेरिका लैजाने कुरा दिल दादाले जोडतोडले शुरु गर्नु भयो अनि दिलो ज्यानले साथ दिनु भयो उपमा भाउजुले पनि । यो हरफ लेखिरहँदा अहिलेपनि आँसुको बलिन्द्र धारा बगिरहेको छ मेरो । किनकि गाउँबाट बिस्तारै बिस्तारै सृष्टिक कुरा काठमान्डौका सबै गल्लीहरुमा फैलिई सकेका थिए । कुराहरु बिबिध थिए, प्रायः बेइज्यती खालका थिया । बेलिबिस्तार लगाउनु भन्दा पनि सरस्वती क्यम्पसका एक प्राध्यापकको सहयोग भनू वा ती प्राध्यापक प्रतिको सृष्टिको गति छोडाई के भनौ अगडम बगडम सबै कुरा अहिले म भन्न सक्दिन, तर यति मात्र भन्न सक्छु कि सृष्टिले कुनै तरहले दश जोड दुई पनि सजिलै पास गरिन । आश्चर्य भयो सन्तानमा परिवारमा ! दील दादा र उपमा भाउजुलाई यी कुनै पनि कुरा केहि थाहा थिएन । अमेरिका बाट नै दील दादा र उपमा भाउजुले सृष्टिको भिजा अप्लाई गरिदिनु भएको रहेछ। भिजा लगेर कागाजाज आइपुग्दा सम्म थाहा थिएन हामीलाई, नत थाहा थियो सृष्टि र उनका परिवारलाई । बिस्तारै बिस्तारै सबै कुराहरु सम्पन्न हुँदै गए, अनि सृष्टि लागिन अमेरिका जहाँ दील दादा र प्यारी उपमा भाउजु बस्थे । अमेरिकाको कलेजमा, अनि अन्य विभिन्न काम गर्ने ठाउँमा पनि सृष्टिसंगै धेरै कुरा जोडिएर आई राखे । संगै पढ्ने साथी होस् या शिक्षक होस् सृष्टिसंग कुराहरु जोडिन छोडेनन् । सृष्टि अमेरिका पुगे पछि त झन राष्ट्रिय अन्तरास्ट्रिय रुपमै कुरा चल्न थाल्यो उनको! सुन्न आयो कि उपमा भाउजु पनि आजित हुनुहुन्छ रे सृष्टिको क्रियाकलापले ! चोटहरु धेरै पर्दै रहे बस्तीमा, काठमान्डौमा अनि वाशिंगटन डिसीमा समेत ! दील दादा एउटा साइकलजीको प्रोफेसर भएको नाताले स्वभाबिक रुपले हामीलाई भन्दा मानब जीवन र क्रियाकलापका धेरै कुरा उहाँलाई थाहा थियो। भाउजुको अनुरोधमा उहाँले सृष्टिको बारमा पछि एउटा सोधपत्र नै तयार पर्नु भएछ । सोधपत्रको परिणामले यो देखायो कि बौद्धिक स्तर नहुने व्यक्तिहरु आफू यो संसारमा अस्थित्वमा रहनकोलागि सदैब कुनै न कुनै थाँक्रो जस्तै आडलाग्ने कुराहरु खोजिरहन्छन । उनीहरु एक्लै आफैले कुनै कुरा गर्नै सक्दैनन। बरु उनीहरु लाज,धर्म, नाता आदि सबै कुरा त्याग्न सक्छन । यसै सिधन्ताका परिणामहरु थिए संगै परीक्षा दिने देखि लिएर आफूलाई पढाउने शिक्षकसंग सृष्टिका लहसिने कुरा ! वास्तबमा यी सबै लज्जा जस्तै बहिनी सृष्टिको चरित्रसंग जोडिएका थिएनन्, मात्र यो समाजमा कसरी समकक्षीको हाराहारीमा उभिने कुरासंग जोडीएका थिए। तसर्थ सृष्टि चरित्रहीन थिइनं बरु परिस्थितिसंग आफूलाई अडजस्ट गर्न सक्ने चातुर खेलाडी थिइन । यो उनको कला हो र भबिष्यमा पनि उनी यस्ता थुप्रै खेल खेल्दै जानेछन् चाहे त्यो जीवन साथी छान्नकोलागि होस् या अन्य। त्यसैले मेरी बहिनी चरित्रहीन होइनन, बरु एक चातुर खलाडी हुन !
0 comments
Write Down Your Responses