साझा बस थपिँदै

ललितपुर : साझा यातायात सेवा सञ्चालनको छोटो अवधिमै यात्रुको मन जित्न सफल भएको जिकिर गरिएको छ । साझा यातायात सेवा लामो समय बन्द भएर गत १ वैशाखदेखि पुन: सुरु भएको हो । सो यातायातले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म सेवा प्रदान गर्दैआएको छ । आफूहरूले यात्रुलाई सस्तो सुलभ र भरपर्दो सुविधा दिँदैआएको साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले बताए । उनले साझाका सोह्र बस सञ्चालन भइरहेको दुई महिनाको अवधिमा कुनै किसिमको घाटा नभएको जिकिर गर्दै यात्रु तथा सरोकार भएका पक्षबाट साझा बसको माग भइरहेकाले आर्थिक स्रोत जुटाउन सकिए अझै काठमाडौा उपत्यका र बाहिर पनि बस सञ्चालन गर्ने बताए । यात्रुले टिकट नलिँदा कार्यालयमा जानकारी नहुने र आर्थिक अनियमितता हुन सक्ने भएकाले साझा यातायातमा यात्रा गर्ने यात्रुले यात्रा गरिसकेपछि पैसा बुझाइएको टिकट अनिवार्य लिन उनले अनुरोधसमेत गरे ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.