दाउदको नेटवर्कमा कुन कुन नेपाली ?
२८ जेठ, काठमाण्डौं । जाली भारतीय
रुपैयाँको कारोबारका आरोपी तीन नेपाली भारतीय ‘अन्डरवल्र्ड डन’ दाउदको
इब्राहिम समूहको प्रत्यक्ष सम्पर्कमा काम गरिरहेको खुलासा भएको छ ।
आतंकवाद र जाली रुपैयाँ अनुसन्धानमा
सक्रिय प्रहरीको विशेष व्युरोले नक्कली भारुसहित समातिएका मोहम्मद नरुल्लाह
र रविराज सिंह तथा फरार आरोपी सुनिलजंग रायमाझी दाउद समूहको प्रत्यक्ष
सम्पर्कमा रहेको प्रमाण फेला पारेको नागरिक दैनिकमा खबर छ ।
वैशाख २४ मा त्रिभुवन विमानस्थलबाट एक
करोड नक्कली भारुसहित पाकिस्तानी नागरिक फारुक शेष मोहम्मद र उनलाई लिन
त्यहाँ पुगेका काठमाण्डौं बागबजारका नरुल्लाह पक्राउ परेका थिए । रायमाझी
भने अझै फरार छन् ।
जाली भारु कारोबारीको जालोबारे
अनुसन्धानरत प्रहरीस्रोतका अनुसार एक महिना लामो अनुसन्धानबाट यी तीनै
जनाको सम्पर्क जालो खेातल्दा नरुउल्लाह, सिंह र रायमाझी अफताव बट्कीको
प्रत्यक्ष सम्पर्कमा रहेको तथ्य भेटिएको हो । बट्की दाउदका मुख्य चार
सहयोगी (छोटा सकिल, इकवाल मिर्ची, सुनिल दुवईपछि) मध्ये पर्दछन् ।
|
0 comments
Write Down Your Responses