सामसुङका दुई नयाँ ट्याब आउने
काठमाडौं
। ट्याबलेट पिसीको बजारमा बलियो उपस्थिति बनाएको सामसुङले थप सुविधायुक्त र
शक्तिशाली ट्याब ल्याउने क्रममा यही जुनको सुरुमा दुई नयाँ भर्सन
सार्वजनिक गर्ने भएको छ । सामसुङले ८ इन्च र १०.१ इन्च डिस्प्ले भएका
ग्यालेक्सी ट्याब ३ को भर्सन बजारमा ल्याउने तयारी गरेको हो ।
फरक आकारका यी ट्याबमा केही विशेषता एउटै र
केही भिन्न रहेका छन् । ८ इन्च डिस्प्ले रहेको ट्याबमा विशेष सुविधा रहेका
छन् । यसले थिन फिल्म ट्रान्जिस्टर -टीएफटी) पनि सपोर्ट गर्छ । साथै यसमा
ड्युल ब्याण्ड वाइफाइ चलाउन सकिने छ । दुवै ट्याबले वायरलेस इन्टरनेटको
पछिल्लो प्रविधि एलटीई सपोर्ट गर्ने कम्पनीले जनाएको छ । नेपालमा भने एलटीई
इन्टरनेट सेवा सुरु भइसकेको छैन । १०.१ इन्चको ट्याबमा एउटा कमजोर पक्ष
र्यामले एउटा मात्र प्रोग्राम सञ्चालन गर्न अनुमति दिन्छ ।
८ इन्च डिस्प्ले
डिस्प्ले ः १२८० हृा ८०० -डब्ल्यूएक्सजीए) १८९ पीपीआई
क्यामेरा ः ५ मेगा पिक्सेल र १.३ मेगा पिक्सेल
प्रोसेसर ः १.५ गेगाहर्ज ड्यूल कोर प्रोसेसर
र्याम ः १.५ जीबी
स्टोरेज ः आन्तरिक १६ र ३२ जीबी र बाह्य ६४ जीबी
ब्याट्री ः ४४५० एमएएच
अपरेटिङ्ग सिस्टम ः एण्ड्रोइड ४.२
१०.१ इन्च डिस्प्ले
डिस्प्ले ः १२८० हृा ८०० -डब्ल्यूएक्सजीए) १४९ पीपीआई
क्यामेरा ः ३ मेगापिक्सेल र १.३ मेगापिक्सेल
प्रोसेसर ः १.६ गेगाहर्ज ड्यूल कोर सीपीयू
स्टोरोज ः आन्तरिक १६ र ३२ जीबी र बाह्य ६४ जीबी
अपरेटिङ्ग सिस्टम ः एण्ड्रोइट ४.२
ब्याट्री ः ६८०० एमएएच
|
0 comments
Write Down Your Responses