नेविसंघको बन्द फिर्ता
काठमाडौं — नेपाल विद्यार्थी सङ्घले आज गर्ने भनिएको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ। नेविसङ्घ र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबीच आज अनौपचारिक छलफल भई विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनहरुलाई वार्तामा बस्न आह्वान गरेपछि बन्द फिर्ता लिइएको हो। नेविसङ्घका प्रवक्ता युपी लामिछानेले सर्वसाधारण नागरिकलाई असुविधा नहोस भनेर बन्द फिर्ता लिइएको तर अन्य विरोधका कार्यक्रम यथावत रहेको जानकारी दिए।
|
0 comments
Write Down Your Responses