रुकुममा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प

१४ असार, काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । रुकुमको दक्षिण पश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ बजेर २५ मिनेट जाँदा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख ठाकुरप्रसाद कँडेलले अनलाइनखबरलाई जानकारी दिनुभयो । भूकम्पको धक्का आसपासका जिल्लाका साथै सुर्खेतसम्म महसुस भएको थियो । भूकम्पबाट क्षति भए नभएको अहिलेसम्म केही खुल्न सकेको छैन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.