बाढी पीडितलाई ज्ञानेन्द्रले दिए २५ लाख सहयोग

हिमानी ट्रष्टमार्फत दिइने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी तथा पहिरो पीडितलाई बुहारी हिमानीले सञ्चालन गरेको ‘हिमानी ट्रष्ट’मार्फत २५ लाख सहयोग गर्नु हुने भएको छ ।
ज्ञानेन्द्रका सहयोगी फणिराज पाठकले दिएको जानकारी अनुसार सुदूर तथा मध्यपश्चिमका बाढी पहिरो पीडितलाई ज्ञानेन्द्र र उहाँको परिवारका सदस्यहरुको तर्फबाट सो सहयोग प्रदान गर्न लागिएको हो ।
साथै पूर्वराजा ज्ञानेन्द्रले बाढी तथा पहिरो पीडितलाई नगद तथा अन्य सरसामान सहयोग गर्न आहृवान गर्नु भएको छ ।
Sources : Onlinekhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.