हिमाचलमा अमेरिकी पर्यटकको सामूहिक बलात्कार
काठमाडौं । भारतको हिमाचल प्रदेशमा ३० वर्षीया अमेरिकी पर्यटक सामूहिक बलात्कृत भएकी छिन् । प्रहरीले घटनाको पुष्टी गरेको छ । घटना मनालीमा भएको हो । लिफ्ट दिने बहानमा ट्रक चढाएर युवाहरुको समूहले अमेरिकी पर्यटकको सामूहिक बलात्कार गरेका हुन् । अहिलेसम्म घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । प्रहरीका अनुसार पीडित अमेरिकी महिला ३ जूनमा साथीहरुससँगै दिल्लीबाट मनाली पुगेकी थिइन् । जहाँ उनले पुरानो इलाकामा एक होटलमा कोठा लिएकी थिइन् । साँझ वशिष्ठ गएकी उनी र्फकन ढिला भएपछि उनी मध्यरातमा ओल्ड मनाली र्फकन खोजिन् । त्यही समयमा संदिग्ध व्यक्तिहरुले देखेपछि उनलाई लिप्ट दिएर मनालीको सट्टा रोहतांगततर्फ लगेको र करिव २० किलोमिटर पर लगेर सामूहिक बलात्कार गरेको बताइएको छ । उनीहरुले ती अमेरिकी पर्यटकलाई विहान ४ बजे मनाली बस स्टपमा ल्याउर छाडेका थिए । बलात्कारी ३ जना भएको बताइएको छ ।
0 comments
Write Down Your Responses