मूलपानीमा दम्पत्ति मृत भेटिए

काठमाडौं— काठमाडौंको मूलपानी–७ बस्ने ५२ वर्षीय राकेश थापा र उनकी ५१ वर्षीया श्रीमती पार्वती मृत फेला परेका छन्। आज बिहान राकेशलाई आफ्नै घरको कोठाभित्र खाट र पार्वतीलाई घरको उत्तरतर्फ अन्दाजी ४० फिट उकालामा मृतावस्थामा फेला पारिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यसैगरी उदयपुरको हँडिया गाविस बस्ने ३५ वर्षीया नारायणी मगरको शङ्कास्पद अवस्थामा झुन्डिएर गएराति मृत्यु भएको छ। गतराति नै मगरको घरमा तीन जना पाहुना आएर बसेका थिए। उनीहरु तीनै जनालाई अनुसन्धानका निम्ति इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुमा विराटनगर–५ का नारायणप्रसाद आचार्य, सीताराम आचार्य र माधव आचार्य रहेका छन्। मृतक नारायणी मगरको शव भने जिल्ला अस्पताल उदयपुरमा आजै परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.