नपढे घरको नक्सा पास नहुने
काठमाण्डौं । नगरक्षेत्रमा मापदण्ड अनुसारका संरचना निर्माणका लागि नक्सापासपूर्व सम्बन्धित धनीले कक्षा लिनुपर्ने भएको छ । उक्त कक्षामा घर निर्माण सम्बन्धी मापदण्ड, निर्माण गर्ने तरिका र नगरपालिकाको नियमबारे जानकारी गराइन्छ । कक्षामा सहभागी नहुनेको नक्सा पास नहुने भक्तपुर नगरपालिकाले जनाएको छ । भक्तपुरले नक्सा पासमा कडाइ गरे पनि सँगै जोडिएको मध्इपुर नगरपालिका क्षेत्रमा नक्सा पास नै नगरी संरचना बन्ने गरेको छ । संरचना निर्माणपछि गैरकानीनी रुपमा नक्सा पास गर्ने प्रचलन रहेको अधिकारीहरुको भनाई छ । मध्यपुरका कार्यकारीले नगर विकासभन्दा आफू अनुकुल काम गरेकाले सहर कुरुप भएको नगरबासीले आरोप लगाएको कान्तिपुर दैनिकमा खबर छ । नक्स्ाा पासमा कडाइ नगर्दा लाखौ रुपैयाँभन्दा बढीको राजस्व पनि हिनामिना भएको छ । सुरक्षित क्षेत्रमा प्लानिङ गरेर घर बनाउँदा पनि नगरपालिकाले रोक्न सकेको छैन् । आर्थिक लेनदेन भएकै कारण नियमविपरीतको काम रोक्न चासो नदिएको आरोप दलहरुले लगाउन थालेका छन् ।
0 comments
Write Down Your Responses