नेयमार बार्सिलोना गएको पेलेलाई मन परेन

२३ जेठ, काठमाडौं । ब्राजिलियन स्टार नेयमार स्पेनिस क्याटलन बार्सिलोना गएपछि ब्रजिली फुटबलका महानहस्ती पेले सन्तुष्ट छैनन् । उनले सँधै नेयमारलाई सान्तोषमै बस्न आफूले दिँदै आएका थिए ।

धेरैले नेयमारलाई नयाँ पेले भन्दै पेलेसँगै तुलना गर्ने गर्छन् । जसलाई बल पुग्ने गरी पेले स्वयंमले पनि नेयमारलाई बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीभन्दा उत्कृष्ट भन्दै आएका थिए । तर, नेयमार बार्सिलोना गएपछि पेलेले आफ्नो बोली फेरेका छन् र अब नयाँ पेले जन्मन निकै कठिन भएको बताएका छन् ।

data-stream="false" data-width="200" height="60">
सीएनएनलाई दिएको अन्तरवार्तामा उनले भनेका छन्–‘नयाँ पेले हुन धेरै कठिन छ । किनकी मेरो आमा र बाबुले मेसिन बन्द गरिसक्नुभयो ।’ नेयमार उत्कृष्ट खेलाडी भएको उनले बताए । ब्राजिलमा धेरै उत्कृष्ट खेलाडीहरु रहेको भन्दै उनले पछिल्लो दुई वर्षमा ब्राजिलमा नेयमार भएको बताए ।
नेयमार बार्सिलोना गएको आफूलाई मन नपरेको भन्दे उनले बार्सिलोनामा सफल हुने आशा व्यक्त गरे । ‘मलाई धेरै मन परेको छैन’ उनले भने–‘किनकी उनी मेरो टिम सन्तोसका राम्रा खेलाडीहरुसँग खेल्थे ।’
पेलेले जोजे माउरिन्हो लण्डन फर्कनु चेल्सीका लागि सही भएको बताए । माउरिन्हो निकै राम्रो प्रशिक्षक भएको उनको भनाई छ । फुटबल सरप्राइजको बक्स भएको भन्दै उनले भनेका छन–‘फुटबलमा सँधै राम्रोले मात्र काम गर्दैन । भाग्य पनि हुनपर्छ ।’
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.