मधेसीदलले पहाडबाट पनि उम्मेद्वारी दिँदै
१४ असार, काठमाण्डौं । तराईमा मात्र पकड
जमाउँदै आएका केही मधेसी दलले पहाड र हिमाली जिल्लामा समेत चुनाव लड्ने
तयारी थालेका छन् । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम
लोकतान्त्रिक, उपेन्द्र यादब नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल,
राजेन्द्र महतो नेतृत्वको सद्भावना र रामनरेश राय नेतृत्वको राष्ट्रिय
सद्भावना पार्टी लगायतले पहाड र केही हिमाली जिल्लाबाट समेत आगामी चुनावमा
प्रत्यक्षका लागि उम्मेदवार खडा गर्ने गृहकार्य सुरु गरेका हुन् ।
०६४ को संविधानसभा निर्वाचनमा मधेसी दलले एक/दुई जिल्लाबाहेक पहाड र हिमालमा उम्मेदवारी दिएका थिएनन ।
शुक्रबार प्रकाशित कान्तिपुर
दैनिकका अनुसार सद्भावनाका महतोले तराई/मधेससहित ६४ जिल्लामा पार्टी
विस्तार गरेका छन् भने गच्छदार र यादबले पहाड र केही हिमाली गरी ४० भन्दा
बढी जिल्लामा पार्टी विस्तार गरेका छन् । रायको पार्टी उपत्यकामा तीनसहित
केही पहाडी र हिमाली क्षेत्रमा उम्मेदवार उठाएर मधेसी पार्टीबारे भावनात्मक
सम्बन्ध स्थापित गर्न खोजिएको ती दलले जनाए पनि उनीहरुको मुख्य उद्देश्य
समानुपातिक मत बढाउनु पनि हो ।
|
0 comments
Write Down Your Responses