एउटै गाउँबाट सातसय युवा कतारमा

३१ जेठ, काठमाण्डौं । वैदेशिक रोजगारका लागि विदेसिनेको संख्या एउटा गाउँबाट कति होला ? अर्घाखाँचीको बाँगी गाविसबाट कामका लागि विदेसिनेको संख्या ७ सय छ । त्यसमा पनि एकाधबाहेक सवैजसो कतारमा गएका छन् । घरैपिच्छेका युवा विदेशमा छन् । कुनै घरका त तीन/चार जनासम्म पुरुष वैदेशिक रोजगारीमा छन् । परिणामतः गाउँमा मासिक एक करोड रेमिट्यान्स भित्रिने अनुमान छ । र, यही रेमिट्यान्सले गाउँको मुहार पनि फेरिदिएको छ । सबैका घर जस्तापाता र ढलान भएका छन् । गरिब परिवार र सबै गाउँलेको जीवनशैली परिवर्तन भएको शुक्रबारको कान्तिपुरमा खबर छ । अधिकांशले सहरी क्षेत्रमा घडेरी किनेका छन् भने छोराछोरीहरु पनि १२ किलोमिटर टाढाको निजी विद्यालयमा पढ्न थालेका छन् । कतारमा काम र सीप हेरेर मासिक १० देखि ५० हजार कमाई हुने गरेको र गाउँबाट कतार पुगेका युवाको अवास्था राम्रो रहेको गाउँ फर्किएका कुझेरीका मणिराम थापाले भने ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.