दाम्पत्य जीवन कसरी सफल बनाउने ?

मनोविश्लेषकहरूका अनुसार सफल व्यक्तिमा असल चरित्र, दृढ विश्वास, विनम्रता, साहस एवं धैर्य आदि हुन्छन्। यस्ता क्षमताले मानिसलाई शिक्षा एवं अवसरको सही प्रयोग गर्न सिकाउँछन्। हरेक मानिसमा कुनै न कुनै क्षमता हुन्छ। आफ्नो क्षमतालाई तिखार्न सके प्रत्येक व्यक्ति सफल बन्छ। सफल बन्नु छ भने कन्जुस्याइँ नगरी अरूको प्रशंसा गर्नुपर्छ। कसैको कटु आलोचक बन्नुहुँदैन।

 आफू सफल र सक्षम हुनुका पछाडि अन्य व्यक्तिको सहयोग भए त्यसलाईर् बिर्सनुहुँदैन। माछा पानीबिना चिया चिनीबिना माटोबिना सिर्जना। त्यस्तै हुन्न कदापि हुन्न पि्रय साथीबिनाको जीवन-यो भनाइले जीवनसाथीको महत्वलाई उजागर गरेको छ। आकाशका पक्षीले समेत एक्लै उड्नुमा भन्दा दुई भएर उड्नुमा आनन्द लिन्छन्। मानिसले एक्लै बाँच्ने कुरा सहज छैन। जीवनमा कुनै न कुनै बखत दाम्पत्य जीवनमा प्रवेश गर्नैपर्छ। दाम्पत्य जीवनलाई आजन्म सुरक्षित राख्न र सफल पार्न केही कुरामा ध्यान पुर्‍याउन भने आवश्यक छ। भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.