यदि ईन्टरनेटसँग दोस्ती छ भने पक्कै नि कुनै सर्च ईन्जिभित्र छिर्नु हुन्छ ।
आजकल जे कुराको जानकारी लिनु परे पनि ईन्टरनेट नै गरिन्छ । ईन्टरनेट आजको
दिनमा संसारभरका मानिसको दैनिक जीवनको एक हिस्सा नै बन्न पुगेको छ । केहि
खोज्नु परे ईन्टरनेट, मनोरञ्जनका लागी ईन्टरनेट, टाढाका साथीभाईसँग कुरा
गर्न परे ईन्टरनेट । हामी घण्टौ समय ईन्टरनेटमा नै बिताई दिन्छौ । तर त्यहि
ईन्टरनेटमा १ मिनेटमा के के हुन्छ, सोच्नु भएको छ? कम्प्युटरको प्रोसेसर
निर्माण गर्ने प्रख्यात कम्पनि ईन्टेलले हालै ईन्टरनेटमा १ मिनेटमा के के
हुन्छ भन्नेबारे अध्ययन गरेको थियो । सो अध्ययन प्रतिबेदन अनुसार
ईन्टरनेटमा १ मिनेटमा के के हुन्छ त? हेरौ न ! डाटा वा ईमेलः सबैको जीवनको
एक अहम् हिस्सा बनेको ईन्टरनेटमा १ मिनेटमा ६,३९,८०० GB डाटा ट्रान्सफर
हुन्छ । यस्तै ६० सेकेन्डमा २० करोड ४० लाख ईमेल एक अर्कामा आदान प्रदान
हुने गर्दछ । फोटो–भिडियोः १ मिनेटमा ईन्टरनेट प्रयोगकर्ताले २ करोड फोटो
हेर्छन । बिभिन्न साईटका प्रयोगकर्ताहरुले ३ हजार फोटो अपलोड गर्छन । १३
लाखले युट्युब भिडियो हेर्छन र १ मिनेटमा ३० घण्टाको भिडियो हुने गर्छ ।
मोबाईलबाट ईन्टरनेटः स्मार्टफोनको बढ्दो प्रयोगले १ मिनेटमा ४७ हजार मोबाईल
अप्लिकेशन डाउनलोड हुने गर्छ र १ मिनेटमा नै १३ सय नयाँ मोबाईल
प्रयोगकर्ता ईन्टरनेटमा जोडिन्छन । सोशल नेटवर्कः ईन्टेलले गरेको अध्ययन
अनुसार १ मिनेटमा ३ सय २० जनाले नयाँ ट्विटर अकाउन्ट खोल्छन र १ मिनेटमा नै
१ लाख ट्विट्स हुने गर्दछ । त्यस्तै २ लाख ७७ हजारले आफ्नो फेसबुक अकान्ट
लग ईन गर्ने गर्छन भने १ मिनेटमा ६० लाख पोस्ट हर्ने गरिन्छ । सर्च एन्ड
ईन्फोः ईन्टेलको अध्ययन अनुसार १ मिनेटमा संसारभरबाट १ मिनेटमा ईन्टरननेट
मार्फत २० लाख भन्दा बढि जानकारी गुगलमा सर्च गर्ने गरिन्छ । यस्तै ६ ओटा
नयाँ आर्टिकल विकिपेडियामा अपलोड हुने गर्दछ । ईन्टरनेट क्राईमः ईन्टरनेट
संसारको १ मिनेटमा ८० ईन्टरनेट प्रयोगकर्ता साईबर क्राईमको शिकार हुने
गर्छन र २० नयाँ प्रयोगकर्ताको ब्यक्तिगत जानकारी बिवरण चोरि हुने गर्छ ।
|
0 comments
Write Down Your Responses