हुनेखानेको हिरासत सिंहदरबारमा, नहुनेको हनुमानढोका
९ असार, काठमाण्डौं । महानगरीय प्रहरी प्ररिसर हुमानढोकाले हाल करिब दुई सय ५० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । तीमध्ये केही ‘भिआइपी’ अभियुक्त पनि छन् जसले हनुमानढोका प्रहरी कार्यालयको गनाउने र अँध्यारो हिरासतमा बस्नुपनरेको छैन् ।
उनीहरुका लागि प्रहरीले महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा छुट्टै हिरासतको व्यवस्था गरेको छ।
पैसा र पहुँच भएका अभियुक्तलाई प्रहरीले ‘भिआइपी’ अभियुक्त मानेर तुलनात्मक रुपमा सफा र सुविधासम्पन्न सिंहदरबार प्रभागमा राख्ने गरेको छ । सामान्यतः ठूला र संगठित किसिमका अपराधमा संलग्नहरु सिंहदरबार प्रभागको हिरासतमा बस्ने गरेका छन् ।
अहिले पनि त्यस्तै ठूलो किसिमको अपराधमा पक्राउ परे पनि पहुँचका आधारमा केही व्यक्ति हनुमानढोकाको हिरासत बस्नुनपरेको नयाँ पत्रिकामा खबर छ । करोडौं रुपेयाँ हिनामिना गर्ने तथा अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर नक्कली भारुको कारोबार गर्नेलाई प्रहरीले हाल सिंहदरबार प्रभागमा राखेको छ ।
0 comments
Write Down Your Responses