तपाइको आजको राशिफल (२०७० जेठ २१)

आज मिती २०७०  साल जेठ २१   गते मंगलबार , तदअनुसार मे  महिनाको ४  तारिख २०१३ , एकादशी  तिथीको राशिफल यस प्रकार छ ।

मेष :
तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ। आफन्त वा साथीभाइले असहयोग गर्न सक्छन्। आज यात्राको समय रहेको छ। मनोरञ्जन पनि प्राप्त होला।

वृष:
पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न। पारिवारिक वातावरणमा केही सुधार आउने छ। व्यवहारिक एवं आर्थिक लाभमा कमी आउनेछ। लेखन प्रकाशन सम्बन्धी क्षेत्रमा लाग्नेसमय छ। सानोतिनो भए पनि सृजनात्मकसफलता मिल्नेछ।

मिथुन :
हिजोआज राम्रै समय चल्दैछ। भेटघाटएवं रसरङ्गमा समयबित्नेछ। मेवा मिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ। आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ।

कर्कट :
समय राम्रै छ। साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ।शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ। मन प्रसन्न बनाएरकाम गर्नुहोला।

सिंह :
समय मध्यम खालको छ। प्रेममा सफलताप्राप्त हुने योग छ। कृषिकार्यतिर मन जानेछ। प्रयाससाध्य समय छ धैर्य गर्नुहोला। प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ।विभिन्न महत्वपूर्ण दिनहरु मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ।
 
कन्या :
आजको दिनलाई नराम्रो भन्न मिल्दैन। मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। आर्थिक लगानी गर्ने समय आएको छ। धेरैथोरै लगानी गर्नु पर्नेछ।

तुला :
समय अनुकूल छैन। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ। दान पुण्यको कार्य गर्नु होला। कुनैदेवालय मठ मन्दिरको दर्शन भ्रमण हुनेछ।

वृश्चिक :
राम्रो समयको योग छ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। शैक्षिक प्रगतिबाट ठूलो फड्को मार्न सिकने छ। दिन दुईगुना रात चौगुना गरी उन्नतितर्फ लाग्नु होला।

धनु :
असल समय छ। विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ।व्यवहारिक समस्याले पिरोल्न सक्छ। विवाह तथा पारिवारिक जीवनमा भने रमाइलो आउने छ।

मकर :-
प्रतिकूल समय चल्दैछ। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ। खर्च अधिक हुनसक्छ सावधानी अपनाउनु होला। रिसको कारणले असर पुर्र्याउला। जो सँग जतिबेला बोले पनि बडो विचार पुर्र्याएर मात्रै बोल्नु होला।

कुम्भ :
खराब समय छ। मानप्रतिष्ठार सामाजिक मर्यादामा आँच आउने सम्भावना छ। यात्राको योग छ। घरपरिवारबाट पनि यात्राको लागि आवश्यक सहयोग मिल्ने छ।

मीन :
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। धर्मकर्ममा रुचि बढ्ने योग छ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। अरुबाट तपाईका कामको उच्च मूल्याङकन हुने बेला पनि नजिक छ। बोल्दा ख्याल गर्नुहोला।

आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.