अब पाइन्टको खल्तीले नै चार्ज गर्नेछ मोबाइल फोन

लामो लोडसेडिङ मोबाइलको ब्याट्री ब्याकअप पनि कमजोर । लामो समयसम्म बिजुलीमा मोबाइल चार्ज गर्न नपाउँदा फोन नै अफ भएर हैरानी बेहोर्नेहरु धेरै छन् । तर अब यस्तो हैरानीको समाधान निस्किसकेको छ । वैज्ञानिकहरुले यस्तो पाइन्टको आविष्कार गरेका छन् जसको खल्तीमा राखेपछि मोबाइलको ब्याट्री रिचार्ज हुनेछ । हाफ पाइन्ट अर्थात् शर्टबाट उर्जा संचित गर्ने तथा उक्त उर्जालाई मोबाइल फोन चार्ज गर्नमा प्रयोग गर्नसक्ने बताइएको छ । पावर शर्ट नाम दिइएको उक्त जाँगे लगाएपछि दिनभर त्यसमा उर्जा संकलन हुन्छ र त्यसले मोबाइल चार्ज गर्न सकिन्छ । यस कपडामा यस्तो फ्याबि्रक प्रयोग गरिएको छ की जसले हिँडडुल गर्दाका बखत निस्कने उर्जाले विद्युतीय उर्जामा बदल्न सक्छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
source:onlinekhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.