सिकिस्त बिरामीलाई भर्ना गर्न मान्दैनन राजधानीका अस्पताल

२९ असार, काठमाण्डौं । राजधानीका ठूला अस्पतालमा सिकिस्त बिरामीलाई अनेक बहानामा भर्ना नलिएर पन्छाउने अमानवीय संस्कार देखिन थालेको छ । बिरामी भएपछि निको हुने आसा राख्दै पुग्ने ठाउँ हो अस्पताल । त्यसमा पनि सरकारी अस्पतालमा शय्या तथा हेरचाह अभाव होला भन्दै पैसाको परवाह नगरी बिरामी सीधै निजी अस्पतालतिर हानिन्छन् । जब त्यहाँ पनि शय्या छैन्, डाक्टर छैनन् जस्ता बहाना बनाएर बिरामीलाई अन्यत्र रिफर गरिन्छ, त्यतिबेला बिरामी र आफन्तलाई कति पीडा बोध हुन्छ होला ? एम्बुलेन्समा अस्पताल पुगेका सिकिस्त बिरामी र आफन्तले यस्तो पीडा भोग्दै आएका छन् ।

टाइफाइड भएपछि छोरीको उपचारका लागि गत मंगलबार चाबहिलस्थित ओम अस्पताल पुगेका गुणराज दाहाललाई अस्पतालले आईसीयू खाली छैन भन्दै फर्काइदियो । कारण थियो, बिरामीको अवस्था । अनुनयविनय गरे दाहालले तर केही सीप लागेन । ‘अनि निरास हुँदै छोरी लिएर नजिकैको सामुदायिक अस्पताल पुगें,’ उनले भने । समयमै उचापर नपाउँदा दाहालकी छोरीको शुक्रबार बिहान निधन भयो ।

आगोले जलेपछि दुई सातापहिले मेडिकेयर अस्पताल पुगेका जोरपाटीका एक युवकलाई अस्पतालले बेड छैन भन्दै फर्काइदियो । आफन्त अरुदुई अस्पताल पनि धाए, उनीहरुले पनि भर्ना लिन मानेनन् । अन्त्यमा कलंकीको सहिद मेमोरियल अस्पतालमा उनलाई भर्ना गराइएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.