रेग्मीले छुट्याए आफ्नै खेतलाई चक्रपथ बनाउने योजनासहितको ३५ लाख बजेट

४ साउन, पाल्पा । अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आफ्नो खेत रहेको माडीफाँट वरिपरि चक्रपथ बनाउन बजेट विनियोजन गराएका छन् ।

पोखराथोकको धोवादीमा घर भएका रेग्मीको माडीफाँटमा १८ रोपनी खेत छ । खेतैखेत मात्र भएको माडीफाँटमा पर्यटकीय पूर्वाधार वा बजार बस्न सक्ने अवस्था छैन् । बर्षामा पूरै फाँट जलाम्य र हिँउँदमा पनि दलदले हुने भएकाले सहरीकरणको सम्भावना नभएको स्थानीयबासीकोको भनाई छ । तर रेग्मी नेतृत्वको सरकारले चक्रपथका लागि ३५ लाख रुपैयाँ छुट्याएको छ ।

माडीफाँट वरपरका सबै गाउँ समेट्ने गरी अन्नपात ओसार्न गाविसको बजेटबाटै बाटो खनिसकिएको छ । ती वस्तीमा पुग्ने बाटो सुधारका लागि भने कुनै योजना नै नपरेको कान्तिपुर दैनिकमा खबर छ । ‘बरु गाविसबाट खनिएको बाटो स्तरोन्नति गर्न सके फाइदा पुग्थयो,’ पोखराथोकका रनबहादुर कुमालले भने, ‘खेतैखेतमा चक्रपथ बनाउनुभन्दा पुरानै बाटोलाई राम्रो बनाउन बजेट खाँचो छ ।’

अध्ययन र डिजाइन बिनानै आयो योजना

कुनै अध्ययन र विस्तृत डिजाइनबिना नै माडीफाँटमा चक्रपथ खोल्ने भन्दै बजेट बिनियोजन गराइएको हो । चक्रपथको सर्भे, डिवाइन, इस्टिमेट केही पनि नबनेको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख कर्णबहादुर रानाभाटले बताए । ‘बजेट छुट्याइएकाले सर्भे र सडक खन्ने काम यसै बर्ष सुरु गर्न सकिन्छ,’ उनले भने ।

माडीफाँट वरपर चक्रपथ बनाउने भौतिक पूर्वाधार मन्त्रालयबाट प्रस्तावित योजना होइन । बजेट भाषण सुनेपछि मात्र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले उक्त योजनाबारे थाहा पाएका हुन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.