बालबालिकाका खेलौनामा हानीकारक रसायन
४ साउन, काठमाण्डौं । घर होस् या स्कूलमा अचेल स-साना नानीहरु उठेदेखि नसुत्दासम्म खेलौनामा भुलिरहेका हुन्छन् । तर, नेपालमा भित्रिएका त्यस्ता खेलौनाले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ ।
स्वास्थ्यका लागि हानिकारक रसयान बालबालिकाको खेलौनामा मापदण्डभन्दा बढी प्रयोग हुने गरेको हालै गरिएको एक अध्ययनले देखाएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले राजधानीका असन, महाबौद्ध, पुल्चोक, कोटेश्वर, जावलाखेल, ग्वार्को, नयाँ बानेश्वर तथा काभ्रेको बनेपालगायतका स्थानका बिक्रीका लागि राखिएका खेलौनामा गरेको परीक्षणमा हानीकारक रसायन भेटिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।
संकलन गरिएका झन्डै सय खेलौनाको परीक्षणमा ५४ प्रतिशतमा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिने लिड (सिसा), मर्करी (पारो), क्रोमियम, क्याडमियम र ब्रोमिनजस्ता रसायन पाइएको सिफेडले जनाएको छ । यी रसायनको मात्रा खेलौनामा कम्तीमा ३ दशमलब ६ पिपिएमदेखि ८३०५.८ पिपिएमसम्म भेटिएको थियो ।
अध्ययनमा सस्ता खेलौनादेखि ठूला डिपार्टमेन्टल स्टोरमा राखिने महँगा खेलौनामा हानिकारक रसायनको प्रयोग हुने गरेको देखाइएको छ ।

![]() |
0 comments
Write Down Your Responses