तीनतारे होटलका सबै मिनी क्यासिनो बन्द हुने, क्यासिनोमा नेपाली भेटिए धरौटी जफत हुने
४ साउन, काठमाण्डौं । क्यासिनो सम्बन्धी नयाँ नियमावली लागू भएपछि मुलुकभर सञ्चालित डेढ दर्जन मिनी क्यासिनो बन्द हुने भएका छन् ।
मन्त्रिपरिषद्ले गत साता पारित गरी बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाएको ‘क्यासिनो नियमावली’ कार्यान्वयनमा आएसँगै तीनतारे होटलले क्यासिनो सञ्चालन गर्न पाउने छैनन् । चार र पाँचतारे होटलमा मात्र क्यासिनो सञ्चालन गर्न पाउने गरी नियमावली तयार भएको मन्त्रालयका सहसचिव पूर्ण चन्द्र भट्टराईले बताए । उनका अनुसार यो नियमावली राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको छ ।

सीमाक्षेत्रका तीन तारे होटलले स्तरोन्नति गरे पनि क्यासिनो सञ्चालन गर्न भने नपाउने कारोबार दैनिकमा खबर छ । नियमावलीअनुसार सीमा क्षेत्रको पाँच किलोमिटरभन्दा टाढामात्रै क्यासिनो चलाउनुपर्नेछ । मुलुकभर सञ्चालित अधिकांश मिनी क्यासिनो पाँच किलोमिटर भन्दा नजिक छन् । भारतीय पक्षको अनुरोधमा दूरी निर्धारण गरिएको मन्त्रालयका एक अधिकारीले बताए । सीमाक्षेत्रमा क्यासिनो राख्दा अपराध बढेको भन्दै भारतीय पक्षले अनुरोध गरेपछि दूरी तोकिएको उनले बताए ।
क्यासिनोमा नेपाली भेटिए धरौटी जफत
नेपालीलाई जुवा खेलाएमा अब क्यासिनोको धरौटी ४ करोड रुपैयाँ जफलका साथै इजाजत समेत खारेज हुने भएको छ । नेपाली रोक्न सरकारले कडा प्रावधानसहितको क्यासिनो व्यवस्थापन नियमावली जारी गरेको कान्तिपुर दैनिकमा खबर छ ।
आर्थिक अध्यादेशमा क्यासिनोले तिर्नुपर्ने रोयल्टी चालू आर्थिक वर्षदेखि दोब्बर पारेर ४ करोड रुपैयाँ पुर्याइएको छ । नियमावलीले थप रोयल्टी बराबर रकम पर्यटन मन्त्रालयमा धरौटी राख्नुपर्ने बनाएको छ । नेपाली प्रवशे गरेको फेला परे धरोटी जफल गरी इजाजत खारेजको कडा प्रावधान राखिएको उल्लेख गर्दै स्रोतले भन्यो ‘प्रहरी क्यासिनोबीच लुकामारी बन्द होस् भनेर कडा प्रावधान राखिएको हो ।’

![]() |
0 comments
Write Down Your Responses