सेना आजदेखि सेतो सर्टमा, किर्ते अभियोगमा जर्नेलमाथि सोधपुछ

१ साउन, काठमाण्डौं । नेपाली सेनाले कार्यालय प्रयोजनका लागि १ साउनबाट नयाँ पोसाक प्रयोग गर्ने भएको छ । कार्यालय समयमा हालको कम्ब्याट ड्रेस पुनस्थापित गरी सेनाले सेतो सर्ट र हरियो पाइन्ट लगाउने भएका छन् । पहिलो चरणमा उपत्यकामा अफिसर तहका सैनिक अधिकारीले मात्र नयाँ पोसाक प्रयोग गर्नेछन् ।

गर्मीको मौसममा फिल्डमा लगाइने कम्ब्याट लगाउँदा असहज हुने र अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपाली सेनाले क्रिम सर्ट र हरियो पाइन्ट प्रयोग गर्न लागेको नयाँ पत्रिकामा खबर छ । सुरुमा वैशाखदेखि सैनिक मुख्यालयबाट नयाँ पोसाक लागू गर्न लागेकोमा तयारी नपुगपछि नयाँ आर्थिक बर्षबाट पोसाक परिवर्तन गर्न लागिएको हो ।

किर्ते आरोपमा जर्नेललाई स्पष्टीकरण


सैनिक मुख्यालयले किर्ते गरेको अरोपमा बि्रगेडियर जर्नेल हेम खत्रीमाथि कारबाहीको प्रक्रिया सुरु गरेको छ । वार कलेज कोर्स गर्दा किर्ते गरी सैनिक मुख्यालयलाई तथ्य लुकाएको आरोपमा उनीमाथि कारबाही सुरु भएको हो ।

जर्नेल खत्रीलाई २७ असारभित्रै आफूमाथि लागेको आरोपबारे सफाई प्ेस गर्न मौकासहितको स्पष्टीकरणपत्र बुझाएको थियो । पूर्वी पृतना हेडक्वाटर इटहरीमा सहायक पृतनापति रहेका खत्रीलाई तीन दिनभित्रै सफाई पेस गर्न आदेश दिइएको उच्च सैनिक स्रोतले बतायो ।

एक बर्षअघि जर्नेल खत्रीले पाकिस्तानबाट वार कलेज कोसै पूरा गरेका थिए । उक्त कोर्सको मनोनयनकै समायमा पनि सेनाको माथिल्लो तहमा मतभिन्नता रहेको अन्नपूर्ण पोष्टमा खबर छ । तर तत्कालिन प्रधानसेनापति छत्रमानसिंह गुरुङले आफूखुसी निर्णय गर्दै खत्रीलाई पठाएका थिए । तालिमका लागि फाइल तयार गरी प्रधानसेनापतिसमक्ष सैीनक विनय महानिर्देशनालयले पेस गरेको प्रतिवेदनलाई वेवास्ता गर्दै तत्कालीन सेनापति गुरुङका सैनिक सचिव प्रेमप्रकाश थापामगरले छुट्टै फाइल खडा गरी उनलाई उक्त कोर्समा सिफारिस गरेका थिए ।

सैनिक नियममा उक्त कोर्स पुरा गर्दा उमेरले ५३ बर्ष पूरा भएको हुनु नहुने उल्लेख छ । तर जर्नेल खत्री कोर्स सकेर र्फकदाँ केही दिनले ५३ बर्ष पूरा हुने अवस्था थियो । त्यसैले पाकिस्तानको नेपालस्थित दूतावाससँग अनुरोध गरी कोर्स पूरा गर्ने अवधिमा केही संशोधन गरिएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.