नक्कली कागजपत्रमा नेपाल आउँछन् विदेशी खेलाडी
१ साउन, काठमाण्डौं । नेपालका फुटबल क्लबले नेपाल प्रवेशमा रोक लगाएका अफि्रकी मुलुकका खेलाडीलाई नक्कली पासपोर्ट बनाए भित्र्याउने गरेको खुलासा भएको छ ।
अध्यागमन विभागका अनुसार पछिल्लोपटक चार खेलाडी नक्कली कागजपत्रमा नेपालका ए डिभिजन क्लबबाट खेलेको भेटिएको हो ।
नक्कली पासपोर्टमा नेपालमा फुटबल खेल्न नाइजेरियाका २४ बर्षका केन्डे टाइसन एडेलेये, २९ बर्षका इडबु कोलाबले तोसिन र ४१ बर्षका भेनोन एनगोयनालाई विभागले नियन्त्रणमा लिएर कारबाही थालेको कान्तिपुर दैनिकमा खबर छ । आफुहरु ब्वाइज युनियन क्लबका खेलाडी भएको उनीहरुले बयान दिएका छन् । क्लबका महासचिव श्रमण श्रेष्ठले भने उनीहरु क्लबमा अबद्ध नभएको प्रतिक्रिया दिए ।
तस्तै घानाका नागरिक लिनडानी एमथोकोजिसीमाथि छानविन जारी छ । उनी एडिभिजन क्लब संकटाका खेलाडी हुन् । उनी साउथ अफि्रकाको नागरिक भन्दै नक्कली विवतरणसहित पासपोर्टमा नेपाल भित्रिएका हुन् । उनी भारत हुँदै काँकरभिट्टा नाकाबाट प्रवेश गरेको उनको राहदानीमा उल्लेख छ । सरकारको स्वीकृति बिना नाइजेरिया, घानालगायतका मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक छ ।
0 comments
Write Down Your Responses