नेपालको आर्थिक वृद्धि ६ वर्षयताकै न्यून, मूल्य वृद्धि भने ४ वर्षयताकै उच्च
२७ असार, काठमाण्डौं । चालू आर्थिक बर्षमा देशको अर्थतन्त्र ३ दशमलब ६ प्रतिशतको झिनो दरले मात्र बढ्ने भएको छ । यो ६ वर्ष यताकै न्यून वृद्धिदर हो । अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गर्न लागेको आर्थिक सर्वेक्षणमा यो तथ्यांक समेटिएको छ ।
समयमा बजेट नआउनु, लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु तथा उत्पादन क्षेत्रमा ह्रास आई आयात बढ्नु यसमा मुख्य कारण रहेको कान्तिपुर दैनिकमा खबर छ ।
आर्थिक विस्तारका हिसाबले यो वर्ष संविधानसभा निर्वाचन यताकै खराब बनेको छ । चालू आर्थिक बर्ष संविधानसभा विघटन लगत्तै सुरु भएको थियो । यसमा ९ महिना ढिलो गरी पूर्ण बजेट आयो । पुरानै कार्यक्रम र करका दरहरु राखेर कामचलाउ सरकाले आय /व्ययको व्यवस्थापन गर्दा विकास निर्माणमा अपेक्षित खर्च हुन पाएन ।
महँगी भने चार वर्षयताकै उच्च
आर्थिक वृद्धिदर घट्दै गएपनि मूल्यवृद्धि भने चार वर्षयताकै उच्च रहेको छ । सर्वेक्षणले १० प्रतिशत मूल्य वृद्धि भएको देखाएको छ । यो चार बर्षयताकै उच्च हो । ‘मुद्रास्फीतिलाई मौदि्रक उपायबाट नियन्त्रण गर्न नसकिने हुँदै गएको छ,’ अर्थविद् विश्वम्भर प्याकुरेलले भने, ‘ यो चूनौतीपूर्ण हो ।’ वाषिर्क प्रतिव्यक्ति आय करिब ४ हजार रुपैयाँ बढेको छ । जसअनुसार नेपालीहरुको औसत बाषिर्क आम्दानी ६२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
0 comments
Write Down Your Responses