चेपाङसँग सिकेर राउटेले पनि बाख्रा पाल्ने

२७ असार, चितवन । जंगलको घुमन्ते जीवन बिताइरहेका सुदूरपश्चिमका राउटेले अब जंगलमै बाख्रा पाल्ने भएका छन् । चितवनका चेपाङ बस्ती घुमेपछि उनीहरुले आयआर्जनका लागि बाख्रापालन गर्न लागेका हुन् ।
राउटेहरुलाई चितवन शारदानगरको बखान सहकारीले बुधबार उन्नत जातका बाख्राका पाठी दिएको छ । समूहले पालेको बाख्रा अवलोकन गर्न आएका राउटे बाख्रा देखेर दंग परे । उनीहरुले पाल्नका लागि बाख्राको पाठा पनि लिएर गए । १३ बर्षका शुद्धरामले जमुनापारि जातको बाख्राको पाठी छाने । ‘पाल्नलाई उताबाट ल्याएको भनेर जंगलमा सबैलाई देखाउने,’ उनी भन्दै थिए । अरु राउटे पनि खोरमै पसेर बाख्रा मुसार्दै थिए । मुखिया शिवराम शाहीले बाख्राको पाठी दिएमा अरु राउटेले पनि पाल्ने बताए ।

राउटेले मागेपछि सहकारीका पदाधिकारीहरुले पाठी उपहार दिएको बिहीबार प्रकाशित नागरिक दैनिकमा खबर छ । सहकारीसँगै युवा स्वरोजगार कोषका तर्फबाट पनि दुई उन्नत जातका पाठी राउटेले पाल्नका लागि दिइएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.