पत्रकारमाथि भएको यौन दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं- नेपाल वान टेलिभिजनको नेपाल सम्पर्क कार्यालय प्रमुख सुन्दरसिंह विधुरीले आफूलाई पटकपटक यौन दुर्व्यवहार गरेको भनी उक्त टेलिभिजनमा भोजपुरी कार्यक्रम सञ्चालन गर्दै आउनु भएकी रेणुका कँडेलले नेपाल पत्रकार महासङ्घमा जानकारी गराएकामा महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

निज विधुरीले आफूलाई टेलिभिजनको कार्यक्रम सञ्चालन गर्ने कोठामा एक्लै भएको मौकामा अनेकन अश्लील कुराहरू गर्ने, टाँसिएर बस्न आउने, यो पोशाकले तिम्रो 'सेप' राम्रो देखिएन भन्नेजस्ता यौन दुर्व्यहारजनक व्यवहार गर्दै आएको पीडित पत्रकारले जानकारी गराएको बताइएको छ।

महासङ्घले भारतीय नागरिक निज विधुरीले पत्रकार कँडेलमाथि गरेको यौन दुर्व्यवहारको घटनाको घोर निन्दा एवं भर्त्सना गर्दै पीडित पत्रकारको उजुरीका आधारमा पक्राउ परेका विधुरी र विराज श्रेष्ठमाथि कानुनबमोजिम कडा कारबाही गरी पत्रकार सुरक्षाप्रति गम्भीर हुन महासङ्घले सरकारसँग माग गरेको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.