हिमानीको राहत आफू निकटलाई
१६ साउन, काठमाण्डौं । हिमानी कोषले कञ्चनपुरका बाढीपीडितका लागि भन्दै जिल्ला दैवीप्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको राहत सामग्री हिमानी शाहले नै तयार गरेका कुपनका आधारमा वितरण भएको छ । राहत वितरणमा समितिको मापदण्ड लागू नभएको संयोजक प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले स्वीकारेका छन् ।
‘निर्वाचन आचारसंहिता लागू भएपछि दैवीप्रकोप उद्धार समितिलाई राहत हस्तान्तरण गरिएको थियो, राहतसँगसँगै बाढीपीडित भन्दै सर्वसाधारणलाई समेत कुपन बाँडिएको रहेछ,’ अर्यालले भने, ‘हिमानीनिकटका व्यक्तिले वितरण गरेको कुपनकै आधारमा राहत वितरण गरियो ।’ समितिले तयार पारेको बाढीपीडितको सूचीमा नामै नभएकाले समेत राहत पाएका छन् ।
‘समितिको सूचीअनुसारकै कुपन वितरण गरिएको भनेपछि कुपनकै आधारमा राहत वितरण गरिएको हो,’ अर्यालले भने ‘सागर तिमिल्सेना नामका व्यक्तिले पीडितको सूचीसमते लगेका थिए । तर, पछि हेर्दा ३० मध्ये १० कुपन भएका व्यक्तिको नाम सूचीमा थिएन ।’
आइतबार र सोमबार गरी कञ्चनपुरमा १ हजार ३ सय बाढीपीडितलाई राहत वितरण गरिएको कारोबार दैनिकमा खबर छ ।

0 comments
Write Down Your Responses