बाढी पीडितलाई कोरियाबाट ५ लाख भन्दाबढि सहयोग

सउल । कोरियामा रहेका बिभिन्न संघ संस्थाले नेपालका बाढी पीडितका लागि ६६ लाख कोरियन वोन अर्थात् ५ लाख ४० हजार रूपैंया आर्थिक सहयोग गरेका छन्। हेल्प नेपाल नेटवर्कको पहलमा संकलित ४२ लाख कोरियन वोन हेल्प नेपाल नेटवर्क मार्फत र २४,९१,९११ कोरियन वोन कोरियामा अध्यनरत नेपाली बिध्यार्थीहरूले नेपाल पत्रकार महासंघ कोरिया शाखा मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाईएको हो।

यंहा अध्ययनरत बिद्यार्थीहरूको संस्था सोसाईटी अफ नेपलिज स्टुडेण्ट (सोन्सिक )को पहलमा उक्त रकम संकलन गरिएको थियो। कोरियामा अन्य संघ संस्थाले पनि बाढी पीडितको राहतको लागि रकम संकलन गरिरहेका छन्।

पीडितहरूको सहयोगको लागि भनेर सुदुरपश्चिम समाज कोरियाले आगामी सेप्टेम्बरमा नेपालबाट ख्याती प्राप्त कलाकार ल्याएर सांक्रितिक कार्यक्रम गर्दै छ। उसले उक्त कार्यक्रमबाट संकलित रकम दार्चुलाका बाढी पीडितलाई सहयोग गर्ने बताउंदै आएको छ। त्यस्तै भिजन नेपाल नेटवर्ककी अध्यक्ष आस्था बिन्दु मल्ल रहेको राहत संकलन टोलीले पनि आर्थिक संकलन गरिरहेको छ।
अशोक मैनालीको सहयोगमा

0 comments

Write Down Your Responses

Powered by Blogger.