त्योगेको शिशु लिन होडबाजी !

३१ असार, सुर्खेत । दैलेखकी एक युवतीले आफैले जन्माएको नबजात शिशु छोरा त्याग्ने इच्छा व्यक्त गरेपछि उनको जिम्मा लिन होडवाजी देखिएको छ । शिशु त्याग्ने आमाको चाहना शीर्षकमा आइतवार समाचार प्रकाशित भएपछि राजधानीसहित देशका विभिन्न भागवाट उक्त शिशु जिम्मा लिन होडवाजी चलेको हो ।

शिशुलाई जिम्मा लिने इच्छासहित सोमवार दिनभरजसो विभिन्न ब्यक्तिहरुले सम्पर्क गरेको जिल्ला बाल कल्याण समितिले जनाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । समितिका बालअधिकार अधिकृत रमा भण्डारीले सुर्खेतसहित विभिन्न ठाउँवाट शिशुलाई जिम्मा लिन्छौ भन्नेहरुको होडवाजी नै चलेको बताइन् ।

केही बालगृह, सन्तान नभएका दम्पती । अबिबाहितले समेत शिशुलाई जिम्मा लिन्छौ भन्दै समितिमा सम्पर्क गरेको भण्डारीले जानकारी दिइन् । बालबालिका एने २०४८ र सोसम्बन्धी नियमावली २०५१ अनुसार ती युवतीले कानुनी रुपमा शिशुको परित्याग गर्न सक्ने र उक्त शिशु धर्मपुत्रको रुपमा माग भई आएमा कुनै व्यक्तिहरुलाई दिन सकिने व्यवस्था छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.