मुलपानी र भैरहवामा क्रिेकट मैदान बनाउन ५ करोड
३० असार, काठमाडौं । सरकारले १३ औं दक्षिण एशियाली खेलकुद सागका लागि पूर्वाधार विकास गर्न ३० करोड रुपैयाँ बजेट छुट्याएको छ । यसबाट अन्तराष्ट्रिय स्तरको रंगशाला, बहुउद्देश्यीय कवर्ड हलहरु र खेल एकेडेमीको निर्माण सुरु गरिनेछ ।
अर्थमन्त्री शंकर कोइरालाले सार्वजनिक गर्नु भएको ५ खर्ब १७ अर्ब २४ करोडको बजेटमा खेलकुद पूर्वाधार निर्माणका लागि २१ करोड बजेट छुट्याइएको छ । यस्तै सरकारले मुलपानी र भैरहवामा क्रिकेट मैदान निर्माणका लागि ५ करोड छुट्याइएको छ भने जिरी र लुक्लामा हाई अल्टिच्यूड स्पोर्टस् ट्रेनिङ सेन्टर स्थापना गरिने भएको छ ।
विद्यालय खेलकुद कार्यक्रम अन्तरगत राष्ट्रपति रनिङ शिल्ड, नेत्रहीन एवं बहिरा क्रिकेट र टेबलटेनिस तथा ओलम्पिक खेलकूदहरु सञ्चालन गर्न बजेट छुट्याइएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला अर्थमन्त्री शंकर कोइरालाले सार्वजनिक गर्नु भएको ५ खर्ब १७ अर्ब २४ करोडको बजेटमा खेलकुद पूर्वाधार निर्माणका लागि २१ करोड बजेट छुट्याइएको छ । यस्तै सरकारले मुलपानी र भैरहवामा क्रिकेट मैदान निर्माणका लागि ५ करोड छुट्याइएको छ भने जिरी र लुक्लामा हाई अल्टिच्यूड स्पोर्टस् ट्रेनिङ सेन्टर स्थापना गरिने भएको छ ।
विद्यालय खेलकुद कार्यक्रम अन्तरगत राष्ट्रपति रनिङ शिल्ड, नेत्रहीन एवं बहिरा क्रिकेट र टेबलटेनिस तथा ओलम्पिक खेलकूदहरु सञ्चालन गर्न बजेट छुट्याइएको छ ।
0 comments
Write Down Your Responses