नेपालको लागि राजतन्त्र बिख हो : नेता भट्टराई

गोरखा - निर्वतमान प्रधानमन्त्री तथा एकिकृत माओवादी नेता डाक्टर बाबुराम भट्टराईले अब नेपालका लागि राजतन्त्र विष भएको बताएका छन्। मंसिर ४ गते हुने संविधानसभाको चुनाव भाँड्न राजतन्त्र लागि परेको भन्दै उनले भने, 'झट्ट हेर्दा राजतन्त्र बलियो छैन, तर तपाइँहरुले बिखलाई कहिल्यै कमजोर देख्न हुँदैन, थोरै भएपनि बिख धेरै खतरनाक हुन्छ, ज्यानै लिइदिन्छ।' नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको श्रद्धान्ञ्जली सभामा बोल्दै भट्टराईले यस्तो बताएका हुन्। Laptop Bag with every nagarik केही समय यता विभिन्न धर्मकर्मको नाममा पूर्व राजा ज्ञानेन्द्रले फेरी आफूलाई संगठित गर्दै पुराना सामन्तवादी शक्तिलाई बलियो बनाउन लागि परेको भट्टराईले आरोप लगाए। 'हाम्रा केही क्रान्तिकारी भनिने साथीहरुलाई उक्साएर चुनाव भाँड्ने र २०४७ सालको संविधान ब्युँताएर नेपालमा राजतन्त्र स्थापना गर्ने खतरा बढेर गएको छ,' उनले भने। राजावादी शक्तिलाई खबरदारी गर्दा धेरै तर्सिरहेको बताउँदै भट्टराईले ज्ञानेन्द्र शाहालाई स्थापित गर्न चलखेल भइरहेको र पूर्व राजाले अन्तर्राष्ट्रिय शक्ति गुहारिरहेको बताए। 'अहिले हामीले ज्ञानेन्द्रलाई अलिकति चिमोट्दा कसलाई दुखिरहेको देख्नुभएको छ?,' कार्यकर्ता प्रति लक्षित गर्दै उनले भने 'अलिकति चिमोट्दा त को–को मान्छे ऐया, आत्थु गरिरहेका छन्, त्यसैले म तपाइँहरुलाई सर्तक गराउन आएको हुँ।' मसानघाटमा पुगेको राजतन्त्र ब्युँतने खतरा बढेकाले अगामी निर्वाचनलाई कुनै पनि बहनामा भाँड्न दिन नहुने भट्टराईले बताए। गोरखाबाट नै बनेको राष्ट्रिय स्वरुपको राजतन्त्र ब्युँतने खतरा रहेकाले खबरदारी गर्न गृहजिल्ला आएको उनले बताए। अब पनि राजालाई नजिक नदेख्न कांग्रेसलाई आग्रह गर्दै उनले भने, 'राष्ट्रियताको प्रश्नमा राजा कहिल्यै बलियो थिएनन, राजा महाराजाहरु लोकतन्त्रको पक्षधर हुँदैनन।' नेपालमा निरङ्कुश राजतन्त्रको लामो इतिहास रहेको ठाउँमा राजतन्त्र अन्तर्गत कुनै पनि लोकतन्त्र सुरक्षित हुन नसक्ने भट्टराईले बताए। 'कांग्रेस र कम्युनिष्ट दुवै कित्ताका लोकतन्त्रवादी शक्ति एकजुट भएर राजतन्त्रवादी शक्तिलाई खबरदारी गर्नुपर्छ, यी दुई शक्ति नमिल्दा अघिल्लो संविधानसभाबाट संविधान बन्न नसकेको हो,' उनले भने।

0 comments

Write Down Your Responses

Powered by Blogger.