समाचार
»
कमल थापाले भने- राजा मन्दिर छिर्दा हल्लिने यो कस्तो गणतन्त्र?
कमल थापाले भने- राजा मन्दिर छिर्दा हल्लिने यो कस्तो गणतन्त्र?
रौतहट— राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रप्रति प्रहार गरेका छन्। रौतहटको गौरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने- 'नेताहरुले कस्तो कमजोर जग भएको गणतन्त्र ल्याएछन् पूर्व राजा मन्दिर जाँदा हल्लिन्छ, राहत बाड्न सूदूरपश्चिम पुग्दा त झन ढले जस्तै हुन्छ', थापाले ब्यंग्य गर्दै भने- 'कमजोर धरातलमा जबरजस्ती छलपूर्वक थोपरिएको गणतन्त्र कमजोर वास्तवमै कमजोर छ।' थापाले चार दलिय सिण्डीकेटका कारण कतिपय राजनीतिक दलहरु असन्तुस्ट भइ चुनाव बहिस्कार गरी सडक संघर्षमा पुगेको बताएका छन्। रौतहटको सदरमुकाम गौरमा संबिधान सभा निर्वाचनको तयारी प्रशिक्षण कार्यक्रमका लागि आएका अध्यक्ष थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै चारदलको सिन्डिकेट प्रथाले अन्य राजनितिक दलहरुलाइ निषेधको आरोप लगाए। चार दलले सर्वसतावाद लादेको बताउँदै उनले मंसिर ४ गते हुने संबिधासभाको चुनाव सफल बनाउन समान्नीय राष्टपति र अन्तरिम मन्त्रि परिषदका अध्यक्ष खिलराज रेग्मिले सर्वदलीय बैठक वा गोलमेच सम्मेलनमार्फत समस्याको समाधान गर्न आग्रह गरे। पूर्व राजाले हिमानी ट्रष्ट मार्फत जनतालाई राहत बाडन सुदुरपश्चिम जाँदा कठपुतली सरकारले प्रतिबन्ध लगाउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताउदै अध्यक्ष थापाले ठूला भनाउँदा नेताहरुले घोषणा गरेको गणतन्त्रको जग निकै कमजोर रहेको उल्लेख गरे।।
0 comments
Write Down Your Responses