विवाद मिलाउन अर्को महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव

पार्टीको समस्या समाधान गर्ने प्रचण्डका चार सूत्र

२६ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको संगठनात्मक विवाद हल गर्न सांगठनात्मक महाधिवेशन गर्नेसहितका चार विकल्प अघि सार्नुभएको छ ।
जिम्मेवारी बाँडफाँडसम्बन्धी विवादसँगै डा. बाबुराम भट्टराईले उपाध्यक्ष पद त्याग गरेपछि उत्कर्षमा पुगेको विवाद मिलाउन प्रचण्डले चार विकल्प अघि सार्नुभएको हो । ‘बाबुरामजीले पदत्याग गरेपछि संगठन कस्तो बनाउने भन्नेबारे गम्भीर समम्स्या देखिएको छ’ एक नेताले अनलाइनखबरसँग भने- ‘अध्यक्षले चार विकल्प अघि सार्नुभएको छ ।’

प्रचण्डका ४ विकल्प यस्ता छन् :
१. केन्द्रीय समितिमा थाती रहेको प्रस्तावलाई परिमार्जन गर्ने
२. हेटौडा महाधिवेशनले बनाएको पदाधिकारी टिमलाई यथावत राख्ने
३. अध्यक्ष पदमात्रै रहने र अन्य पदाधिकारी नरहने
४. विवाद समाधानका लागि संगठनात्मक महाधिवेशन बोलाउने
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार पार्टीका शीर्षनेताहरुसँग भएको छलफलमा प्रचण्डले पहिलो विकल्पका रुपमा हालै प्रस्तुत भएको कार्यविभाजनको प्रस्तावलाई परिर्माजनसहित पारित गर्ने प्रस्ताव गर्नुभयो । कृृष्णबहादुर महरा, वर्षमान पुन अनन्त, टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेललाई सचिव तथा हिसिला यमीलाई कोषाध्यक्ष बनाउने उक्त प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकार भएको थियो । त्यही विवादकै क्रममा भट्टराईले उपाध्यक्ष पद त्याग गर्नुभएको थियो ।
दोस्रो विकल्पका रुपमा हेटौंडा महाधिवेशनले बनाएका पदाधिकारीलाई यथावत राखेर जाने र तेस्रो विकल्पमा अध्यक्ष रहने, पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो लगायत सबैलाई खारेज गरेर हैटौंडा महाधिवेशको आयोजक समितिमा रहेकालाई सदस्य बनाउने उल्लेख छ । प्रचण्डले चौथो विकल्पका रुपमा भने सांगठनात्मक महाधिवेशन गर्ने प्रस्ताव अघि सार्नुभएको छ । साउन ५ गतेका लागि बोलाएको केन्द्रीय समितिको बिस्तारित बैठकबाट सांगठनात्मक महाधिवेशनको मिति घोषणा गर्ने र हालको केन्द्रीय समितिलाई आयोजक समिति बनाउने उल्लेख रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रचण्डको पहिलो प्राथमिकता हालै अघि पारेको कार्यविभाजनको प्रस्तावलाई परिर्माजनसहित पारित गर्ने हो । बाबुराम भट्टराईको पद त्यागको घोषणाको स्पीट सही भए पनि प्रक्रिया र समय गलत भएको भन्दै प्रचण्डले पार्टीलाई एक ढिक्का बनाएर चुनाव केन्दि्रत हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रचण्डको प्रस्तावमा टोपबहादुर रायमाझी, वर्षमान पुन अनन्त, अग्नि सापकोटा, रामचन्द्र झा, उर्मिला अर्याललगायतका नेताहरुले आ-आफ्नो धारणा राखेका छन् । अधिकांशले पहिलो प्रस्तावलाई समर्थन गरेका छन् भने टोपबहादुर रायमाझीले सांगठनात्मक महाधिवेशन गर्ने प्रस्तावको समर्थन गर्नुभएको छ । रायमाझी भट्टराई पक्षीय नेता हुनुहुन्छ । प्रचण्डको प्रस्तावमा बाबुराम भट्टराईसहितका केही नेताहरुले भने आफ्नो धारणा राख्न बाँकी रहेको र बैठक शुक्रबार पुन बस्नेछ ।
केही नेताले चुनाव नलड्ने
बैठकमा आगामी संविधानसभा निर्वाचन र उम्मेदवार चयनबारे समेत छलफल भएको छ । स्रोतका अनुसार उम्मेदवार चयन गर्दा अपनाइने मापदण्डबारे छलफल सुरु भएको हो । ‘जित्ने नेताहरुलाई उम्मेदवार बनाउनुपर्छ भन्नेमा सबैको एकमत छ’ एक नेताले भने-तर, निर्वाचन प्रचारका लागि प्रचार टिमलाई बाहिरै राख्नुपर्छ कि भन्ने पनि कुरा उठेको छ ।’
जनवादी केन्द्रीयता नछाड्न सुझाव
यसैवीच नेवा राज्य समितिअन्तरगत मंगलबार भएको सुझाव संकलन कार्यक्रममा विद्यार्थी संगठनलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले एमाओवादीले जनवादी केन्द्रीयतासम्बन्धी संगठनात्मक सिद्धान्तको विकल्प खोज्न नहुने बताएका छन् । कम्युनिष्ट पार्टी हो भने जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार चल्नुपर्ने सुझाव कार्यकर्ताहरुले नेतालाई दिएको अखिल क्रान्तिकारीका एक नेताले अनलाइनखबरलाई बताए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.