सात दिनसम्म कुखुरा र कुखुराजन्य पदार्थको किनबेच नहुने

१७ साउन, कामाठण्डौं । सरकारले उपत्यकामा आजदेखि कुखरा र कुखुराजन्य पदार्थ किनबेचमा रोक लगाउने भएको छ । उपत्यका एक दर्जन भन्दा बढी ठाउँमा बर्डˆलु देखिएपछि सरकारले सात दिनसम्म विक्रि वितरण रोक लगाउन लागेको हो ।

१५ दिन यता उपत्यकाका विभिन्न १६ ठाउँका बर्डफ्लु संक्रमित कुखुरा भेटिएको र यस्ता संकमित कुखुरा भेटिनेक्रम बढेपछि नियत्रण गर्न किनबेच मै रोक लगाउन लागिएको हो ।

किनबेचमा रोक लगाउने विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा पशु एवं सुरक्षा अधिकारी सहितको बैठक बस्ने तय भएको छ । पशु स्वास्थ्य ऐनअनुसार कुनै संक्रामक रोग फैलिएर महामारीको जोखिम देखिए जिल्ला पशुसेवा कार्यालयप्रमुखले मात्र यस्तो प्रतिबन्ध लगायत सक्ने प्रावधान रहेको छ ।

यसैबीच बिहानदेखि भक्तपुरमा रहेका कुखुरा फार्ममा नष्ट गर्ने काम सुरु भएको छ । भक्तपुर नखेलका २ र बागेश्वरीका एउटा कुखुरा र्फममा रहेका कुखुरा नष्ट गर्ने काम भइरहेको पशुसेवा कार्यालयले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.