उत्पादन भएको बिजुली प्रसारण नहुँदा ५० करोड नोक्सान
१६ साउन, काठमाडौं । कमजोर प्रसारण लाइनले गत आर्थिक वर्ष २०६९/०७० मा प्रसारण लाइनको अभावमा ५ करोड युनिट बिजुली खेर गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्रतियुनिट १० रुपैयाँका आधारमा यसको उपभोक्ता मूल्य ५० करोड हुन्छ ।
वर्षातको केही महिना जलविद्युत आयोजनाहरु पूर्ण क्षमतामा सञ्चालन हुने तर केही ठूला आयोजनाको विद्युत प्रसारण लाइनले थेग्न नसक्ने हुँदा हरेक वर्ष खेर जाँदै आएको छ । वषर्ातको समय बिजुली उत्पादन बढे पनि आपूर्ति गर्न नसक्दा दैनिक दुई घण्टा लोडसेडिङ हुने गर्दछ ।
कम क्षमताको प्रसारण लाइन रहेका कारण पश्चिममा कालीगण्डकी र मस्र्याङ्दीको बिजुली खेर जाने गरेको छ भने पूर्वमा चिलिमे, सुनकोशी र इन्द्रावतीको बिद्युत पनि खेर जाने गरेको छ ।
0 comments
Write Down Your Responses