भतिजको योजनामा बलात्कार
बुटवल, श्रावण - भतिजको योजनामा रुपन्देहीकी एक अपाग महिलामाथि सामूहिक बलत्कार भएको छ । पश्चिम अमुवा ४ की २८ बर्षीया महिलामाथि आफ्नै घरमा बलत्कार भएको हो । जेठाजुका छोरा १८ वर्षीय वसन्त रेग्मीसहित स्थानीय ३ युवाले शनिबार राति ती महिलाको बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सासु र दुई छोराछोरीसहित घरमा बस्ने महिला त्यो साँझ नाबालकछोरासंग मात्र थिइन् । जन्मजात कान नसुन्ने उनी बोल्न र सुन्न दुवै सक्दिनन् । उनको शारीरिक असक्षमताको फाइदा उठाउँदै पीडकहरुले बलात्कार गरेका हुन् । नातामा भतिज पर्ने वसन्तको योजना अनुसार उनका साथीद्वय सागर सुनार र प्रेम विकलाई बलत्कारमा सहभागी भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शनिबार साँझको खानापछि ८ बजेतिर सासु धान रोप्न खेताला खोज्न भन्दै छिमेकीकोमा गएको मौका छोपेर तीनै जना पीडित महिलाको कोठामा छिरेका थिए । राति करिब साढे १० बजेतिर सासु घर फर्किदा महिला रगताम्य भएर रुदै बसेकी थिइन् । त्यसपछि मात्र सासुले बुहारीको न्यायकालागि छिमेकी गुहारेकी थिइन् । पीडित महिला माइती नेपाल रुपन्देहीको संरक्षणमा छिन् । पीडितको उजुरी अनुसार प्रहरीले बलत्कारमा संलग्न तीनै जनालाई पक्राउ गरेकोे छ ।
पीडित महिलाका पति पनि बहिरा छन् । बहिरा भएपनि उनी रोजगारीका लागि भारत गएका छन् ।

0 comments
Write Down Your Responses