चीनले नेपाली सेनालाई ७७ करोड ४९ लाख दिने

७ साउन, काठमाडौं । चीनले नेपाली सेनालाई ५० मिलियन युआन अर्थात करिव ७७ करोड ४९ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ ।

चीन भ्रमणमा रहेका प्रधानसेनापति गौरब शम्शेर जबराले चिनियां सरकारका तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप ५९ मिलयन युआन बराबरको २ वटा मोवाइल अस्पतालको प्रोटोकलमा हस्ताक्षर गर्नु भएको छ । सन् २०११ मा भएको सम्झौता बमोजिम एक सय मिलियन युआनको बाँकी अंश ५९ मिलयनको सामाग्री दिने सम्झौता भएको हो ।


केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष एवं एयर चिफ मार्सल छ्यु खिलिआङसँग भेट गर्दै प्रधानसेनापति शम्शेर जबरा ।

त्यसक्रममा चीनले नेपाली सेनालार्इ ५० मिलियन युआन थप सहयोग दिने घोषणा गरेको सैनिक जनसम्पर्क नेपालले जनाएको छ ।

प्रधानसेनापति जबराले चिनियाँ केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष एवं एयर चिफ मार्सल छ्यु खिलिआङ र चिनियां जनमुक्ति सेनाका प्रमुख फाङ फाङहुइलगायतका उच्च सैन्य अधिकारीहरुसँग भेट वार्ता गर्नु भएको छ । भेटमा दुई देश र सैनिक संगठनबीचको सम्बन्ध, द्धिपक्षिय हित र सहयोगबारे छलफल भएको थियो । जबरा ४ गतेबाट चीन भ्रमणमा हुनुहुन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.