चाँदीले कसिएन लगनगाँठो
१ साउन, रौतहट । ‘सुनका गहना के के ल्याउनुभएको छ ?’ विवाहमण्डप प्रवेश गर्नासाथ लोकन्ती (दुलही पक्ष) ले जन्ती (दुलाहा पक्ष) लाई सोधे । जन्तीले चाँदीका गहना मात्र ल्याएको, सुनका गहना ल्याउन नसकेको जनाउ दिनासाथ लोकन्तीले भनिदिए, ‘यो बिहे हुँदैन, हामीले दिएको दाइजो फिर्ता लेउ ।’
लोकन्तीले तुरुन्तै जन्तीको जिप घेरा हाली कब्जामा लिए र भोलिपल्ट ऋण खोजेर दाइजोबापतको १३ हजार रुपैयाँ चुक्ता नगरुञ्जेल छोडेनन् । दाईजो फिर्ता गरेर सोमबार बिहान बेहुलासहित जन्ती खालीहात घर फर्किए ।
चलचित्रको दृश्यझै यो घटना दाइजोप्रथा पूर्ण अस्तित्वमा रहेको रौतहट प्रस्टोका गाउँको हो ।
बिर्तीप्रस्टोका ८ बड्का बरेडवाटोलस्थित चुल्हाई साहको घरमा उनकी छोरीको बिहे हुँदै थियो । बेहुला थिए सीमावर्ती गाउँ भारत बिहार सितामढी जिल्ला बैरगनयिा थानाक्षेत्रअन्तर्गत जमुआगाउँका रुपलाल साह सोनारका छोरा सुरेश ।
आइतबार जन्ती विवाहमण्डपमा प्रवेश गर्नासाथ बेहुली पक्षले छोरीका लागि गहना के के ल्यायौ भनी र्याख्र्याख्ती पारेको मंगलबार प्रकाशित नागरिक दैनिकमा खबर छ । बेहुला पक्षले आर्थिक अवस्था कमजोर रहेकाले सुनका गहना ल्याउन नसकेको भन्दै चाँदीका गहना देखाएपछि बेहुली पक्ष आक्रोसित भएको थियो ।
0 comments
Write Down Your Responses