महिलाको संबेदनशील अंग स्तन छुँदा सजाय मृत्यू


विवाहित महिलाको सम्बेदनशील अंग छोएको बहानामा कुटपिट हुँदा एकयुवकको ज्यान भएको छ ।रतनपुर–५ बस्ने २८ वर्षीय श्यामनाथ चौधरीको कुटपिटबाट आज (सोमबार) विहान मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कैलालीका नायव उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । श्यामनाथले बिहान करीब छ बजे धनगढी नगरपालिका–८, धनगढीगाउँकी ३० वर्षीया महिला बिल्ली रानाको संवेदनशील अंगमा समाएको आरोप लागेको छ । आफ्ना सम्बेदनशील अंग श्यामनाथले समाए लगत्तै बिल्ली कराएकी थिईन् । त्यस लगत्तै श्यामनाथलाई घरका मान्छेले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर श्यामनाथको उपचारका क्रममा मृत्यू भएको हो । तत्काल श्यानथालाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिए पनि बचाउन नसकिएको नायव उपरीक्षक कँडेलले बताए । कुटपिटमा संलग्न बिल्ली राना उनका पति ३५ वर्षीय श्याम राना, छोरा बीरबल राना, देबर बिलासी राना र छिमेकी कषन रानालाई प्रहरीले प्रक्राउ गरेको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ

0 comments

Write Down Your Responses

Powered by Blogger.